IME Life New

गरिमा विकास बैंकको बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको गत चैत १८ गते सम्पन्न १५ औं वार्षिक साधारण सभाबाट पारित १६ प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले गत चैत ३ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको डिम्याट खातामा बोनश शेयर जम्मा गरेको एक सुचना जारी गर्दै जनाएको छ ।

कम्पनीका अनुसार १६ प्रतिशत बोनश शेयर नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचिकृत भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भइसकेको छ ।

Esewa
Crest

चैत १८ गतेपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा क्रमशः बोनस शेयर जम्मा हुने व्यवस्था गरिएकाले हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुले आफ्नो शेयर अभौतिकीकरण गराई बोनश शेयर डिम्याट खातामा नै प्राप्त गर्न शेयरधनीलाई आग्रह गरेको छ ।

साथै, गरिमा बैंकले सहारा विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार भएको मिति २०७८ कार्तिक २८ गते पश्चात् शेयर खरीद गरेका शेयरधनीले बोनस शेयर बापतको कर रकम तिर्नुपर्ने भएकोले शेयरधनीले शेयर बापतको कर तिरेपछि मात्र बोनश शेयर हितग्राही खातामा जम्मा गरिने समेत कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS