IME Life New

क्रेष्ट माइक्रो लाइफको प्रथम अभिकर्ता तथा शाखा प्रबन्धक भेला सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम अभिकर्ता तथा शाखा प्रबन्धकहरुको भेला कार्यक्रम विशेष समारोहका बीच चितवन स्थित मचान कन्ट्री भिल्लामा सम्पन्न भएको छ । कम्पनीले आफ्नो अभिकर्ता तथा शाखा प्रबन्धकरुलाई राखेको ब्यवसायीक लक्ष्य प्राप्त गर्न सफल ६० भन्दा बढी अभिकर्ता तथा शाखा प्रबन्धकहरुको उक्त समारोहमा उपस्थित भएका थिए ।

समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठले शुरुवाती चरणमै रहेको कम्पनीले उल्लेख्य ब्यवसाय गर्न सक्नु कम्पनीको सफलता रहेको भन्दै लक्ष्य प्राप्त गर्न सफल अभिकर्ता तथा शाखा प्रबन्धकहरुलाई बढाई तथा शुभकामना ब्यक्त गरे ।

Esewa
Crest

समारोहमा उनले आउँदा दिनहरुमा अभिकर्ता तथा शाखा प्रबन्धकको भेला समारोहमा अझ बढी अभिकर्ताहरु तथा शाखा प्रमुखहरुको सहभागीतको अपेक्षा सहित अभिकर्ताहरु तथा शाखा प्रबन्धकहरुको ब्यक्तित्व विकास तथा ब्यवसायिक क्षमता वृद्धिको लागि समय सापेक्ष तालिम तथा प्रशिक्षणहरुको आयोजना गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

सहभागी सम्पूर्ण अभिकर्ता तथा शाखा प्रबन्धकहरुलाई कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अभिजित के.सी.ले स्वागत मन्तब्य सहित स्वागत गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS