IME Life New

कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनमा वैशाख १७ गते कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीहरुलाई जोखिमाकंन, बीमाका सर्वमान्य सिद्धान्त, सम्पती सुद्धिकण तथा बीमाका समसामयिक विषयमा एक दिने तालिम सम्पन्न भएको छ ।

उक्त कार्यक्रमका प्रशिक्षार्थी कर्मचारीहरुले उत्साहपूर्वक सहभागी जनाइ तालिम कार्यक्रमबाट बीमा सम्बन्धी आधारभूत ज्ञान प्राप्त गरेको बताएका छन् । साथै आगामी दिनमा यस्ता कार्यक्रम आयोजना गर्दा प्रदेशका दुर्गम जिल्लामा कार्यरत कर्मचारीलाई प्राथमिकताका साथ राख्न समेत सुझाव दिएका छन् ।

Esewa
Crest

प्राधिकरण कोशी प्रदेश कार्यालय प्रमुख बिनोद कुमार पोखरेलले यस्ता तालिम कार्यक्रमबाट प्राप्त हुने समसामयिक ज्ञानले कर्मचारीलाई थप व्यवसायिक तथा प्रतिस्पर्धी भएर कार्य गर्न सहयोग पुग्ने साथै बीमा क्षेत्रमै आफ्नो करियर बनाएर काम गर्ने कर्मचारीको भविष्य समेत राम्रो भएको बताए ।

कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लामा जीवन बीमा क्षेत्रमा कार्य गर्ने ५० जना कर्मचारीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS