IME Life New

कार्की दम्पतीले छोराको जन्मदिनमा दिए बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय विभिन्न चाडपर्व, जन्मदिन, विवाह, लगायतका उत्सवहरुमा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दो रुपमा भित्रिएको छ । यसैबीच वैदेशिक रोजगारको लागि दुवईमा विगत ५ वर्षदेखि कार्यरत वलेफी गाउँपालिका ६ सिन्धुपाल्चोक निवासी बुवा नेत्र कार्की र आमा प्रमिला अधिकारीले आफ्नो छोरा प्रनित कार्कीको दोस्रो वर्षको जन्मदिनमा १० /१० लाखको बीमा पोलिसी उपहार दिएका हुन् ।

उनीहरुले एशियन लाइफ इन्स्योरेन्सको सुनौलो बाल भविष्य बीमा योजना उपहार दिएका हुन् ।उक्त बीमा योजना साखु उप शाखाका इन्चार्ज सरोज उप्रेतीको समन्वयमा अभिकर्ता मदन कुमार श्रेष्ठले चाबहिल शाखा मार्फत दिएको शाखा प्रबन्धक अशोक राज गिरीले जानकारी दिए ।
जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिँदा बचत पनि हुने र सुरक्षा पनि हुने भएकाले बीमा पोलिसी यपहार दिएको कार्की दम्पतीले जनाएका छन् ।

Esewa
Crest

यो बीमा योजनामा बच्चाको प्रस्तावकको पनि बीमा हुने र बीमा अवधि भर प्रस्तावक दुबै जनामा दुर्घटना क्षति भएमा बच्चाको वार्षिक किस्ता तिर्नु नपर्ने र एमआइबी सुविधा अन्तर्गत बच्चलाई बीमा अवधिभर मासिक पढाई खर्च र बीमाङकको १ प्रतिशत उपलब्ध गराई बीमा अवधि समाप्त पछि बीमाङक रकम एकमुष्ट प्राप्त गर्ने हुँदा बालबालिकाको लागि यो पोलिसी उत्तम रहेको चाबहिल शाखाका शाखा प्रबन्धक गिरीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS