IME Life New

काठमाडौंमा आउँदो अक्टोबर तेस्रो साता बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं आउँदो अक्टोबरको तेस्रो साता बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ।

नेपाल बीमा संघ, जीवन बीमा संघ नेपाल र नेपाल बीमा प्राधिकरणको संयुक्त आयोजनामा अक्टोबर २२ तारिखदेखि ‘इन्टरनेसनल कन्फ्रेन्स अन इन्क्लुसिभ इन्स्योरेन्स–२०२४’ हुने भएको हो। यो सम्मेलन दुई दिनसम्म चल्नेछ। सम्मेलन दिउँसो ४ बजेदेखि साँझ साढे ५ बजेसम्म चल्नेछ।

Esewa
Crest

चार सत्रमा हुने सम्मेलनमा विशेषगरी नेपालमा समावेशी बीमा बजारको विकास गर्न के चाहिन्छ ? भन्ने विषयमा छलफल हुनेछ।

सम्मेलनमा वक्ताका रुपमा ५ जना रहनेछन्। वक्ताका रुपमा दिपप्रकाश पाण्डे (सीईओ शिखर इन्स्योरेन्स), पोषकराज पौडेल (सीईओ सिटिजन लाइफ इन्स्योरेन्स तथा जीवन बीमा संघ नेपालका अध्यक्ष), उपासना पौडेल (सीईओ हिमालयन रिइन्स्योरेन्स), चिरायु भण्डारी (सीईओ गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स) र सुशीलदेव सुवेदी (निर्देशक नेपाल बीमा प्राधिकरण) रहनेछन्।

यूएनडीपी–आईआरएफएफ थाइल्यान्डको एसिया प्रशान्त क्षेत्रकी प्रमुख डायना अल्मोरोले सम्मेलनमा सहजकर्ताको भूमिका निर्वाह गर्ने छिन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS