IME Life New

कहिलेसम्म शेयर किन्नले एलआइसी नेपालको हकप्रद भर्न पाउने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलआईसी नेपालले हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि कात्तिक ९ गते बुक क्लोज गरेको थियो । त्यसकारण कात्तिक ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो हकप्रद भर्न योग्य हुनेछन्।

नेपाल धितोपत्र बोर्डले गत असोज १४ गते एलआईसी नेपाललाई हकप्रद शेयर जारी अनुमति दिएको थियो। अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर बिक्री गर्नेछ। कम्पनीले धितोपत्र बोर्डमा गत वर्ष असोज २९ गते हकप्रद शेयर निष्कासनको अनुमति माग्दै निवेदन दिएको थियो।

Esewa
Crest

कम्पनीले कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत अर्थात् १ः०.८८४५ को अनुपातमा हकप्रद शेयर बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २ करोड ३४ लाख ६८ हजार कित्ता शेयर जारी गर्नेछ।

कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ। कम्पनीले हकप्रद शेयर निष्काशनको मिति भने तय गरेको छैन् ।

हकप्रद निष्कासन एलआईसी नेपालले इक्रा एनपी आइआर ए’ रेटिङ पाएको छ। रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार एलआईसीले पाएको रेटिङले तोकिएको समयमै वित्तीय दायित्व पूरा गर्ने सवालमा पर्याप्त सुरक्षित रहेको अवस्थालाई जनाउँछ। यस्तो शेयर निष्कासनकर्ताले एकदमै न्यून कर्जा जोखिम बहन गरेका हुन्छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS