IME Life New

कमजोर नियमनका कारण बंगलादेशको बीमा क्षेत्रमा करोडौँको घोटाला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । बंगलादेशमा झण्डै एक दशकसम्मको सरकारी बीमा कम्पनीमा भएको घेटाला सार्वजनिक भएपछि बीमा क्षेत्रमा आतंक मच्चिएको छ ।

सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी साधारण बीमा कर्पोरेशन (एसबिसी) का पूर्व प्रबन्धक सहित ३४ जनाको समूहले सन् २०१० देखि २०२० सम्म बीमितबाट संकलित बीमाशुल्क रकम नक्कली बैंक खातामार्फत झिकेर दुरूपयग गरेको पुष्टी भएको हो । भ्रष्टाचार विरोधी आयोग (एसीसी) ले बीमाशुल्कमा बंगलादेशी मुद्रा अनुसार करिब २५ करोड ९० लाख रूपैयाँ हिनामिना गरिएको ठहर गरेको छ ।

Esewa
Crest

बंगलादेशी अखबार ढाका ट्रिब्यूनका अनुसार एसबीसीको प्रधान कार्यालयमा लेखा परीक्षण र अनुपालन विभागको पूर्व प्रबन्धक अबुल कासेम अन्य विभिन्न संस्थाका ३४ वरिष्ठ अधिकारीहरू संलग्न रहेको संगठित घोटालाको मुख्य योजनाकार हुन् । कशेमले २००९–२०१० मा एसबिसीको नयाँ बजार शाखाको प्रबन्धक हुँदा एक्जिम बैंकमा बैंक खाता खोल्न नक्कली परिचयपत्र बनाएर नक्कली कागजात बनाएका थिए जसमा उनले ग्राहकबाट संकलन गरेको करिब २७ करोड ८० लाख बीमाशुल्क जम्मा गरेका थिए । उनले नगद रकम निकालेर अन्य विभिन्न बैंक खातामा रकम स्थानान्तरण गरी २६ करोड १५ लाख रूपैयाँ रकम झिकेका छन् ।

समुद्री बीमा व्यवसायबाट बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिपि), बंगलादेश युनिभर्सिटी अफ इन्जिनियरिङ् एण्ड टेक्नोलोजी (बुएट), र बंगलादेश वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद् (बिसीएसअइअर) सँग बीमाशुल्कवापत संकलित रकम सरकारी बीमा कम्पनीको खाताबाट गायब पारिएको हो । कमजोर नियमनका कारण एक दशकसम्म घोटाला हुँदा पनि नियामक निकायले यसबारे सुँइको समेत पाउन सकेको थिएन । बंगलादेशमा नियामक निकायको जनशक्ति र क्षमताले भ्याउने भन्दा दोब्बर बढी संख्यामा बीमा कम्पनीहरू संचालनमा रहेका छन् । साथै बीमा नियामक निकायको अध्यक्ष स्वयम् पनि आर्थिक घोटालाको आरोपमा अदालतमा मुद्दा खेपिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS