IME Life New

कनेक्ट आइपीएसले ल्यायो इन्स्योरेन्स प्रिमियम भुक्तानी २०८० क्यासब्याक अफर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कनेक्ट आइपीएसले असार ३ गतेदेखि ३० गतेसम्म लागू हुने गरी इन्स्योरेन्स प्रिमियम भुक्तानी २०८० क्यासब्याक अफर सार्वजनिक गरेको छ । यस आकर्षक अफर अन्तर्गत कनेक्ट आइपीएस मार्फत लाईफ इन्स्योरेन्स कम्पनीको प्रिमियक भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले २०.८० प्रतिशत (अधिकतम रु २,०८०) क्यासब्याक प्राप्त गर्न सक्नु हुनेछ भने अफरको अन्त्यमा एक जना भाग्यशाली विजेताले रु २०,०८० क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

लक्की ड्र मार्फत हरेक हप्ता छानिएका भाग्यशाली विजेताहरुको जानकारी एनसीएचएलको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिने छ । कनेक्ट आइपीएसको वेब, मोबाइल एप तथा इन्स्युरेन्स कम्पनीको वेबसाइटमा जोडिएको कनेक्ट आइपीएस गेटवे मार्फत गरिएको लाइफ इन्स्युरेन्स सम्बन्धी प्रिमियम भुक्तानीमा मात्र सो अफर लागू हुनेछ ।

Esewa
Crest

कनेक्ट आइपीएस बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक सजिलो माध्यम हो । कनेक्ट आइपीएसको वेब मार्फत प्रति कारोबार रु २० लाख सम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख सम्मको भुक्तानी गर्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS