IME Life New

एशियन लाईफ इन्स्योरेन्स विराटनगर शाखाले गर्यो घरमै गएर मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: एशियन लाईफ इन्स्योरेन्स विराटनगर शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ।  कम्पनीको विराटनगर शाखाले दिएको जानकारी कम्पनीले कामको शिलशिलामा सोलुखुम्बुमा गएको बेला लेक लागेर उपचार गर्ने क्रममा मृत्यु भएका डिल्ली बहादुर पौडेलको आश्रित परिबारलाई कम्पनीले रु २,२४,००० (रु. दुई लाख चौबिस हजार) दाबी भुक्तानी गरेको हो।

कम्पनीले अषाढ १२ गते एक कार्यक्रमका बिच बिमितको स्थाई घर रहेको स्थान ईटहरी– २, सुनसरीमा निजकै घरदैलोमा गई बिमित/मृतक पौडेलकी धर्मपत्नी साबित्रा तिम्सिनालाई सो दाबी भुक्तानी गरेको हो। मृतक पौडेलले एशियन लाईफबाट वाषिक रु १०,००८ प्रिमियम तिर्ने गरि २ लाख बिमांकको जिबन बीमा गरेका थिए।
सो कार्यक्रममा एशियन लाईफ बिरानगर शाखाका शाखा प्रबन्धक सुजन भण्डारी, ईनरुवा उपशाखा ईन्चार्ज नारायण प्रसाद खनाल, कम्पनिका बरिष्ठ अभिकर्ता श्री काजिमान थापा तथा स्थानिय जनता, मृतकका आफन्त, जनप्रतिनिधी तथा सर्बसाधारणको उपस्थितिमा रहेको थियो।

Esewa
Crest

एशियन लाईफ इन्स्योरेन्स विराटनगर शाखा प्रबन्धक भण्डारीले जिवन बिमामा मृत्यु हुदा एकमुष्ट रकम बोनस सहित फिर्ता हुने, अभिभावकको मृत्यु हुदा बच्चाको मासिक पढाई खर्च, किस्ता छुट साथै एकमुष्ट फेरी पढाई खर्च पाइने, केही नहुदा अवधि समाप्ति पछि एकमुष्ट बिमाङ्ग रकम र बोनस पाईने विशेषता रहेको हुदा उपस्थित सम्पुर्ण मानुभावलाई जिबन बीमा गरी आर्थिक जोखिमबाट सुरक्षित हुन अपिल गर्नुभएको थियो।

सो कार्यक्रममा बिमा गर्दा सजिलो तर लिन झन्झटिलो प्रक्रिया हुने हल्ला सुनेको भएता पनि त्यो सत्यता नरहेको यो मृत्युदाबि बाट प्रष्ट भएको भन्दै मृतकका आफन्तले सरल, सहजरुप एव छिटो बिमा रकम उपलब्ध गराएकोमा एशियन लाईफलाई धन्यवाद दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS