IME Life New

एशियन लाईफबाट समर्पण मूल्य दाबी वापत वर्षदिनमै बाहिरियाे रू. ५८ कराेड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ं । एशियन लाईफ इन्स्याेरेन्सले गत आर्थिक वर्षमा कूल बीमाशुल्कवापत ७ अर्ब रूपैयाँ स‌ंकलन गर्दा समर्पण मूल्यवापत ५८ कराेड रूपैयाँ बाहिरिएकाे छ। कम्पनीकाे १५ औं वार्षिक प्रतिवेदन अनुसार गत आव २०७८।७९ मा बीमितले ५८ कराेड ८९ लाख ७६ हजार रुपैयाँ समर्पण मूल्यवापत दाबी भुक्तानी लगेका छन् ।

बीमालेख समर्पण मूल्य दाबी रकमकाे आधारमा एशियन लाईफकाे समर्पण मूल्य दाबीवापतकाे रकममा ३‍.६७ प्रतिशतले मात्र वृद्धि भएकाे देखिन्छ। अघिल्लाे आवमा याे जीवन बीमकले बीमितलाई समर्पण मूल्य दाबीवापत ५६ कराेड ८० लाख ७७ हजार रुपैयाँ भुक्तानी गरेकाे थियाे ।

Esewa
Crest

कम्पनीका अनुसार गत आवमा बीमितबाट विभिन्न जीवन बीमा याेजनाहरु अन्तर्गत प्रथम् बीमाशुल्क र नविकरण बीमाशुल्क सहित कूल ७ अर्ब ९२ लाख रुपैयाँ बीमाशुल्क आम्दानी भएकाे थियाे । अघिल्लाे आव २०७७।७८ मा ५ अर्ब ९४ कराेड २३ लाख रुपैयाँ कुल बीमाशुल्क आम्दानी गरेकाे थियाे।

कूल बीमाशुल्क आम्दानीकाे तुलनामा गत आवमा समर्पण मूल्य दाबीवापत बाहिरिएकाे रकम ८.४ प्रतिशत मात्र हाे ।

किन हुन्छ बीमालेख समर्पणः

बीमितलाई बीमालेख मन नपरेकाे अवस्था वा आम्दानीकाे श्राेतमा आएकाे संकुचनका कारण बीमालेख समर्पण गर्नुपर्ने बाध्यात्मक अवस्था हुनसक्छ। अर्काेतर्फ अभिकर्ताले प्रथम् बीमाशुल्कवापत प्राप्त हुने माेटाे कमिशन रकमकाे लाेभमा बीमितलाई बीमालेखकाे विशेषता र भुक्तानी पाउने शर्तबारे सही र पर्याप्त जानकारी नै नदिई बीमालेख बिक्री गरेकाे अवस्थामा पनि ठगिएकाे महशुस गर्दै बीमितले बीमालेख समर्पण गर्ने प्रवृत्ती देखिन गरेकाे छ।यसबाहेक बीमितकाे आयश्राेतकाे स्थायीत्वलाई बेवास्ता गरेर तत्कालीन अवस्थाकाे आयलाई मात्र विचार गरेर बीमा‌ंक रकम र बीमाशुल्क रकम निर्धारण गर्दा पनि बीमितसँग अन्याय हुनजान्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS