IME Life New

एशियन लाईफद्धारा दुर्घटना लाभ बापत साढे २० लाख रुपैयाँ भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानीवापत धादिङ्को बीमित गकुल उपाध्यायको परिवारलाई २० लाख ५३ हजार रुपैयाँ भुक्तानी गरेको छ ।बीमित गकुल उपाध्यायको सडक दुर्घटनामा परी असायमिक निधन भएकोले निजको नजिकको हकवाला\बुवा कमलप्रसाद उपाध्यायलाई दुुर्घटना लाभ सहितको २० लाख ५३ हजारको चेक हस्तान्तरण गरिएको हो ।

जोशीले भदौ १९ गते मुक्तिनाथ विकास बैंकको धादिङ्ग शाखा कार्यालयमा आयोजित एक कार्यक्रममा मृतकका परिवारलाई कम्पनीका कामु सहायक महाप्रबन्धक लोकराज जोशीले चेक हस्तान्तरण गरेका हुन् ।

धादिङ्गको त्रिपुरा सुन्दरी गा.पा. निवासी बीमित गकुल उपाध्यायको २०७५ जेठ ३ मा सडक दुर्घटनामा परी असामयीक निधन भएको थियो । मिति २०७४ पुस २६ मा १५ वर्ष अवधीका लागी १० लाख रुपैयाँ बीमाङ्कको दुर्घटना लाभसहितको एशियन सावधिक जीवन बीमा योजना अन्तर्गत जीवन बीमा गराएकोमा स्वर्गीय उपाध्यायले यस कम्पनीलाई बीमा शुल्क वापत जम्मा ६६ हजार ८८६ रुपैयाँ भुक्तानी गरेका थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS