IME Life New

एशियन लाइफले पनि बीमालेख पुनर्जागरण ल्यायो शत प्रतिशत ब्याज छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट दिने भएको छ । कम्पनीले कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भई म्याद नाघेका व्यतित बीमालेख पुनर्जागरण गर्दा २५ देखि १०० प्रतिशतसम्म ब्याज रकममा छुट दिने भएको हो ।

कम्पनीबाट जारी गरिएका बीमालेख अन्तर्गत २०७८ जेठ १६ गतेसम्म व्यतित भएका बीमालेखहरुमा २०८० जेठ १७ गतेदेखि असार २५ गतेभित्र पुनर्जागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा छुट दिने भएको छ । १० वर्ष अवधि माथि व्यतित भएका बीमालेखमा शतप्रतिशत,५ देखि १० वर्षभन्दा कम अवधिका बीमालेखमा ५० प्रतिशत र २ वर्षदेखि ५ वर्षभन्दा कम अवधिका बीमालेखमा २५ प्रतिशत ब्याज छुट दिने भएको हो । ।
एक पटक ब्याज छुट गरिसकेको बीमालेखमा बीमा अवधि भर पुनः ब्याज छुट प्रदान नगर्ने सूचनामा उल्लेख छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

67%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS