IME Life New

एशियन लाइफद्वारा घातक रोग वापत बीमितलाई २० लाख रुपैयाँ हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अत्तरिया उपशाखाले घातक रोग वापत बीमितलाई २० लाख रकमको चेक हस्तान्तरण गरेको छ । शनिबार गोदावरी नगरपालिका अत्तरिया उपशाखाले कार्यक्रमको आयोजना गरी घातक रोग दावी भुक्तानी वापत २० लाख बीमाङ्क बराबर रकमको चेक हस्तान्तरण गरेको हो ।

गोदावरी नगरपालिका वडा नं १ अत्तरिया निवासी बीमित नरबहादुर राईलाई २० लाख बीमाङ्क बराबर रकमको चेक हस्तान्तरण गरेको छ ।
उक्त चेक बिमित राईलाई उनकै घर अगाडि सृजनशिल युवा क्लवको खेलमैदानमा कम्पनीले आयोजना गरिएको कार्यक्रममा एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुदूरपश्चिम प्रदेशका प्रमुख गणेशबहादुर साउँद र अत्तरिया उपशाखा कार्यालय प्रमुख डम्मराकुमारी दियाकोटीले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

बीमित राईलाई बिमा सुरक्षा बाफत एशियन लाईफ इन्स्योरेन्स कम्पनी अत्तरियाबाट २० लाखको बीमा लाभ प्रदान गरेको साथै कम्पनीले १८ वटा घातक रोग विरुद्धको रक्षावरण अन्तर्गत सो रकम निजलाइ हृदयघात भएपछी उपचार पश्चात् कम्पनीको नियमानुसार विमा राहत वाफत रकम कम्पनीले प्रदान गरेको अत्तरिया उपशाखा कार्यालय प्रमुख डम्मरा कुमारी दियाकोटीले जानकारी दिईन् ।

यस्तै एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बरिष्ठ अभिकर्ता अत्तरिया निवासी डल्लुराना मगर मार्फत करिब साढे तिन वर्ष अघि बीमित नरबहादुर राईले बीमा गरेको साथै राईलाई बीमा लाभ रकम २० लाखको क्रिटिकल केयर दावी भुक्तानी अन्तर्गत उक्त चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS