IME Life New

एशियन लाइफको हरिवन शाखाद्वारा मावन सेवा आश्रममा खाद्यान्न सामाग्री वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको हरिवन शाखा कार्यालयले मावन सेवा आश्रममा ५० जनालाई लाभान्वित हुनेगरी खाद्यान्न सामाग्री वितरण गरेको छ । कम्पनीको उक्त शाखा कार्यालयले आफ्नो १६औं वार्षिकोत्सवको अवसरमा यस क्षेत्रमा रहेको माव सेवा आश्रममा ५० जनालाई लाभान्वित हुने गरी खाद्यान्न सामाग्री वितरण गरेको हो । सो कार्यक्रममा हरिवन शाखाका शाखा प्रमुख सरोज केसी, मार्केटिङ कर्मचारी मुकेश कुमार यादव, एजेन्सी म्यानेजर जयलक्ष्मी चौधरी, टिका कुमारी खड्का,पन्चिमामा स्याङतान, फुलमाया दोङ, दिपेन्द्र पडिण्त कुँवर,सिमा कुमारी कुँवर, अनुराधा चौधरीको उपस्थितीमा सामाग्री प्रदान गरेको हो ।

सो कार्यक्रममा शाखा प्रमुख सरोज के.सीले जीवन बीमाको महत्वबारे प्रकाश पारेका थिए । उनले कम्पनीले १६औं वर्ष पार गर्दै गर्दा सम्पुर्ण नेपालीहरुको मायाले गर्दा सक्षम रुपमा स्थापित भई नेपालको बीमा क्षेत्रमा इतिहास रचेको जानकारी गराए । उनले यस कम्पनीले हाल १३९ शाखा तथा उप शाखा कार्यालय मार्फत बीमा सेवा प्रदान गर्दै आइरहेको र १२ लाख ५० हजार बीमितहरु रहेको समेत जानकारी गराए । प्रत्येक वर्ष कम्पनीले वार्षिकोत्सवको अवसरमा सामाजिक उतरदायित्वको कार्यक्रम गर्दै आइरहेको जानकारी गराए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS