IME Life New

एशियन लाइफको सहयोगमा धर्मस्थलीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको सहयोगमा तारकेश्वर नगरपालिका वडा नम्बर ६ धर्मस्थलीस्थित वडा कार्यालयमा सोमबार ज्येष्ठ नागरिकका लागि स्वास्थ्य शिविरको आयोजना गरिएको छ । धर्मस्थली ज्येष्ठ नागरिक सहयोग तथा अनुगमन समाजले आयोजना गरेको शिविरमा वडा नम्बर ६ का ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण तथा निःशुल्क औषधी वितरण गरिएको थियो ।

बिरामीहरुको स्वास्थ्य परिक्षण स्त्री रोग विशेषज्ञ डा. दिलाशा कार्कीले गरेकी थिइन् । बालरोग विशेषज्ञ डा. निरज खत्री र डा. दिवाकर घिमिरे,रोटरी क्लब गोंगबुका अध्यक्ष महेश्वर मान बस्नेतले स्वास्थ्य शिविरमा स्वयम् सेवकका रुपमा सहयोग गरेका थिए ।

Esewa
Crest

कार्यक्रमको प्रमुख अतिथि एशियन लाइफको सञ्चालक समिति सदस्य सजल मास्के रहेका थिए । कार्यक्रममा वडा अध्यक्ष घनश्याम श्रेष्ठ, वडा सदस्य रामचन्द्र घिमिरे,ज्येष्ठ नागरिक सहयोग समितिका अध्यक्ष हरि प्रसाद तिमल्सिना, एशियन लाईफ बालाजु शाखा प्रबन्धक आँचल कट्टेल,सामान्य सेवा विभाग प्रमुख रवि दाहाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS