IME Life New

एशियन लाइफको तेस्रो त्रैमासको रिपोर्टमा झेल, रु. ४८ करोडले घटाइयो नाफा, अन्य सूचकमा ठूलै फेरबदल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणमा ठूलो झेल गरेको देखिएको छ।

केही समयअघि प्रकाशित तेस्रो त्रैमासको रिपोर्ट र फेरि मंगलबार प्रकाशित रिपोर्टमा मुख्य वित्तीय सूचकहरुमा ठूलै फेरबदल देखिएको हो। नाफाकै कुरा गर्ने हो भने केही समयअघि प्रकाशित रिपोर्टमा ६९ करोड ११ लाख रुपैयाँ मुनाफा भएको भनिएको छ। जुन अघिल्लो वर्ष सोही अवधिको तुलनामा २५४.९२ प्रतिशतले बढी रहेको देखाइएको थियो। अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीले १९ करोड ४७ लाख रुपैयाँमात्रै नाफा आर्जन गरेको देखाइएको थियो।

Esewa
Crest

अहिलेको रिपोर्टमा भने समीक्षा अवधिसम्म २० करोड ९८ लाख रुपैयाँमात्रै नाफा आर्जन भएको देखाइएको छ। त्यस्तै अघिल्लो वर्ष सोही अवधिसम्म १४ करोड ६० लाख रुपैयाँ नाफा आर्जन भएको देखाइएको छ। यो हिसाबले अघिल्लो वर्षको तुलनामा ४३.६९ प्रतिशतले मात्रै बढी हो।

अघिल्लो प्रकाशित रिपोर्ट र अहिलेको रिपोर्टमा नाफामै ४८ करोड १३ लाख रुपैयाँ अन्तर देखिएको छ।

महाविपत्ति कोषमा पनि फेरबदल भएको छ। अघिल्लो रिपोर्टमा तेस्रो त्रैमाससम्म महाविपत्तिमा २६ करोड ३४ लाख रुपैयाँ रहेको देखाइएकोमा अहिलेको रिपोर्टमा २१ करोड ५३ लाख रुपैयाँमात्रै देखाइएको छ।

त्यस्तै अघिल्लो रिपोर्टमा कम्पनीको रिटेन्ड अर्निङमा ९२ करोड ९ लाख रुपैयाँ रहेको देखाइएको थियो। अहिलेको रिपोर्टमा ४९ करोड २६ लाख रुपैयाँमात्रै देखाइएको छ।

यसैगरी अघिल्लो रिपोर्टमा वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २९.२० रुपैयाँ कायम भएको देखाइएको थियो। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस ८.२३ रुपैयाँ रहेको उल्लेख थियो। अहिलेको रिपोर्टमा भने वार्षिकीकृत ईपीएस ८.८७ रुपैयाँमात्रै रहेको देखाइएको छ। जब अघिल्लो वर्ष यही अवधिसम्म ६.१७ रुपैयाँ ईपीएस रहेको उल्लेख छ।

अघिल्लो रिपोर्टमा पीई रेसियो १९.१९ गुणा र प्रतिशेयर नेटवर्थ १२९.१९ रुपैयाँ रहेको देखाइएको थियो। अहिलेको रिपोर्टमा पीई रेसियो ६३.१९ प्रतिशत र प्रतिशेयर नेटवर्थ ११५.६१ रुपैयाँ रहेको देखाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

22%
sad

दु :खी

56%
amazed

अचम्मित

11%
excited

उत्साहित

11%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS