IME Life New

एशियन लाइफका सिनियर एजेन्सी म्यानेजर चौधरीद्धारा जन्मदिनमा खाद्यान्न वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स हरिवन शाखाका सिनियर एजेन्सी म्यानेजर अविनाश चौधरीले आफ्नो २१औँ जन्म दिनको अवसरमा मानवसेवा आश्रम हरिवनमा खाद्यान्न वितरण गरेका छन् । उनले आफ्नो जन्म दिनमा जसका कोही छैन उनिहरुलाई एक छाक खाना खुवाउन सहयोग होस भन्ने भावनाले मानवसेवा आश्रमलाई सहयोग गरेको बताए ।

सो कार्यक्रममा उसको आमा जयलक्ष्मी चौधरी , हजुरबुबा सुबेदार चौधरी, मामा भानुबाबु चौधरी लगाएत उनका आफन्तजन सँगै एशियन लाईफ ईन्स्योरेन्स क. लि. हरिवन शाखाका शाखा प्रबन्धक सरोन के.सि को पनि उपस्थिति रहेको थियो ।

Esewa
Crest

उनकी आमा जयलक्ष्मी चौधरीले यसरी आफ्नो छोराको जन्म दिन मनाउन पाउदा खुशी व्यक्त गरिन् ।

सो कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सरोज के.सीले जसका कोही छैनन् त्यस्ता व्यक्तिहरुलाई मानवसेवा आश्रमले छनाको व्यवस्था गरि आश्रय दिएर हामीले सहयोग गर्न पाउनु एउटा सौभाग्य पाएकोमा मानवसेवा प्रति आभारी हुदैँ हामी नेपालीहरुले आफ्नो जन्म दिनको अवसरमा यसरी सहयोग गर्ने हो भने बर्षको ३६५ जाना व्यक्तिले १ दिनको भोजन गराउदाँ सँस्थामा रहेका ५०–६० जाना भोको पेटले राहत पाउने रहेछ । हामीले ढुङ्गा पूजा गरेर धर्म कमाउनु भन्दा यी भोका पेटलाई खाना दिँदा चै वास्तवित धर्म हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS