IME Life New

एशियन लाइफकाे बीमालेख पुनर्जागरणमा ५० प्रतिशतसम्म ब्याज छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं। एशियन लाइफ इन्स्याेरेन्सले बीमालेख पुनर्जागरणमा पचास प्रतिशतसम्म जरिवाना छुट दिने भएकाे छ। इन्स्याेरेन्सले भदाै १८ गतेदेखि  असाेज २३ गतेसम्मका लागी याे याेजना लागू गरेकाे छ।

इन्स्याेरेन्सले प्रकाशन गरेकाे सूचना अनुसार बीमालेख व्यतित भएकाे ५ वर्षभन्दा बढी अवधि भइसकेकाे बीमालेखकाे पुनर्जागरण गर्दा लाग्ने ब्याजमा ५० प्रतिशत छुट दिइनेछ । यसैगरी २ देखि ५ वर्ष मुनीकाे अवधिसम्म व्यतित भएकाे बीमालेखकाे पुनर्जागरणमा २५ प्रतिशत ब्याज छुट दिइने सार्वजनिक गरिएकाे सूचनामा उल्लेख छ । बीमालेख परिपक्व हुन दुई वर्षभन्दा थाेरै अवधि बाँकी रहेका बीमालेखकाे हकमा पुनर्जागरण गर्दा रकम छुट नदिइने जानकारी दिएकाे छ।

Esewa
Crest

नविकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिबाट ६ महिनाकाे अवधिसम्म पनि बीमाशुल्क भुक्तानी नगरेकाे अवस्थामा बीमालेख व्यतित बीमालेखमा परिणत हुन्छ। र यस्ताे अवस्थामा बीमालेख अन्तर्गतकाे सुविधाबाट बीमित वा लाभग्राही वञ्चित हुनुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS