IME Life New

एलआईसी नेपालले सच्चायो ‘जीवन बचत (३५९)’ योजनाको बोनसदर, अब कति दिने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले आर्थिक वर्ष २०७९/८० का लागि घोषणा गरेको बोनस दर सच्चाएको छ।कम्पनीले एक सूचना जारी गर्दै उक्त आर्थिक वर्षका लागि जीवन बचत (३५९) योजनाका लागि घोषित बोनसदर सच्चाएको हो।

फागुन ११ गते प्रकाशित सूचनाबमोजिम कम्पनीले यस योजनामा कम्पनीले ५ देखि ९ वर्ष अवधिका लागि प्रतिहजार ४५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४८ रुपैयाँ र १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ५३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५७ रुपैयाँ र २५ देखि माथि अवधिका लागि प्रतिहजार ६६ रुपैयाँ बोनदर दिने घोषणा गरेको थियो।

Esewa
Crest

फागुन १२ गते फेरि अर्को सूचना प्रकाशित गरी उक्त योजनामा कम्पनीले ५ देखि ९ वर्ष अवधिका लागि प्रतिहजार ४१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४९ रुपैयाँ र १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ५२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५६ रुपैयाँ र २५ देखि माथि अवधिका लागि प्रतिहजार ६१ रुपैयाँ बोनदर दिने घोषणा गरेको हो। यस बीमा योजनाअन्तर्गत सबैभन्दा धेरै २५ वर्षदेखि माथि अवधिको योजना खरिद भएको छ। यस अवधिको ६९१ वटा बीमालेख खरिद भएका छन्।

नेपाल बीमा प्राधिकरणको स्वीकृतिपत्रमा उल्लेखित बोनसदर नै आधिकारिक बोनसदर हुने कम्पनीले स्पष्ट पारेको छ। फागुन ११ गते प्रकाशित बीमालेखको बोनसदरमा अन्यथा भएकोले सच्चाइएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS