IME Life New

एलआईसी नेपालले पायो ‘ए प्लस’ रेटिङ, यसले के संकेत गर्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)को रेटिङ अपग्रेड भएको छ।

रेटिङ एजेन्सी इक्रा नेपालले एलआईसी नेपालको रेटिङ अपग्रेड गरेको हो। इक्राले अक्टोर ३० मा पत्र पठाउँदै एलआईसी नेपालको रेटिङ स्तर ‘ए’बाट अपग्रेड गर्दै ‘ए प्लस’ कायम गरेको हो।

Esewa
Crest

ए प्लस रेटिङ पाउने कम्पनी वित्तीय रुपमा सबल मानिन्छन्। यो रेटिङ कम्पनीको जोखिम बहन गर्न सक्ने क्षमता उच्च रहेको दर्शाउँछ।

यअघि हकप्रद निष्कासन एलआईसी नेपालले इक्रा एनपी आइआर ‘ए’ रेटिङ पाएको थियो। एलआईसीले पाएको रेटिङले तोकिएको समयमै वित्तीय दायित्व पूरा गर्ने सवालमा पर्याप्त सुरक्षित रहेको अवस्थालाई जनाउँछ। यस्तो शेयर निष्कासनकर्ताले एकदमै न्यून कर्जा जोखिम बहन गरेका हुन्छन्।

कम्पनीले कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत अर्थात् १ः०.८८४५ को अनुपातमा हकप्रद शेयर बिक्री खुला गर्दैछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २ करोड ३४ लाख ६८ हजार कित्ता शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिइसकेको छ।

कम्पनीले हकप्रद शेयर निष्कासनका लागि कात्तिक ९ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ कात्तिक ८ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद भर्न योग्य हुनेछन्।

कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS