IME Life New

एलआइसी नेपालको भैरहवा पेशागत अभिकर्ता बीमक संघको नयाँ कमिटी गठन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पेशागत अभिकर्ता बीमक संघ बीमक समिति लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड भैरहवा शाखाको अध्यक्ष पदमा भुपेन्द्र चन्द्र यादभ निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न भएको विशेष पहिलो अधिवेशनबाट यादभको नेतृत्वमा नयाँ कार्य समितिको चयन भएको हो ।

निर्वाचन मन्डल अनुसार सन्कर तेलि गुप्ता उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् । पहिलो विशेष अधिवेशनले १७ सदस्यीय कार्य समितिको चयन गरेको छ।

Esewa
Crest

निर्वाचन समितिका अनुसार कार्य समितिको सचिव पदमा लक्ष्मी केसि,सह सचिबमा पुरन हिताङा, कोषाध्यक्ष सुरेन्द्र यादभ रहेका छन् । यसैगरी सदस्यहरू सुरेन्द्र त्रिपाठि , सुरज भण्डारी ,घरणी घिमिरे खनाल,कृष्ण मुरारी गुप्ता, सुसिला कुवर,मनोज कुमार निसाद, सुक बहादुर बरइ ,माधब पौडेल ,सुरेस गुप्ता, ,असोक बरै सीता कार्की ,बाबुराम कुर्मि, रहेका छन् ।

पेशागत बीमा अभिकर्ता संघ, बीमक समिति लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालका केन्द्रिय सह (सचिब गोबिन्द प्रसाद गिरिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा शाखा स्थापनाको छ बर्ष पछि मात्रै शाखाले नेतृत्व पाएकोमा निर्बाचित समितिलाई बधाई दिए ।

बीमक समिति लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड तौलिहवा शाखाका अध्यक्ष दिपक कुमार पासिले संगठनमा हातेमालो गर्दै अघि बडने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा उपस्थित अभिकर्ताहरु बिन्ध्यन्चल यादभ , प्रकाश लम्साल , सन्कर गुप्ता ,पुरन हुतङ्गले आफ्मो मन्तव्य राख्दै भैरहवा शाखा स्थापनाको ६ औ बर्ष लागी सक्दा पनि अभीकर्ताको हकहितको लागी स्थापीत पेशागत बीमा अभिकर्ता सङ्घ भैरहवा शाखा गथन गर्न ढिलाइ गर्नुको कारण बारे प्रस्न गरे, भने कार्यक्रम लाई आगामी दिनमा थप समय ब्याबस्थापन गर्ने अघि बडने सबैलाई मिलायर शाखालाइ उत्कृष्ट शाखा बनाउने प्रतिबद्धता व्यक्त गरे

नवनिर्वाचित अध्यक्ष भुपेन्द्र चन्द्र यादवले आफूहरुलाई विश्वास गरेर निर्विरोधरुपमा नेतृत्वको अवसर प्रदान गरेकोमा अभिकर्ता सदस्यहरुमा धन्यवाद ज्ञापन गरेका छन् । उनले साखाको हक हितमा काम गर्ने , पेशागत अभिकर्ताको अधिकार सुरक्षित गर्नका लागि संघको नेतृत्व निरन्तर सकृय रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS