IME Life New

एलआइसी इन्डियाका अध्यक्ष मोहंती नेपालमा, एलआइसी नेपालका कर्मचारीलाई अन्तर्राष्ट्रिय एक्सपोजर दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय जीवन बीमा निगमका अध्यक्ष सिद्धार्थ मोहंतीले एलआइसी नेपालको केन्द्रिय कार्यालयमा अवलोकन गरेका छन् । एलआइसी इन्डियाका अध्यक्षको यो तीन वर्ष पछिको भ्रमण हो । सधै भर्चुअल माध्यममा मात्रै प्रस्तुत हुने मोहंतीले केन्द्रिय कार्यालयका सम्पुर्ण कर्मचारीहरुलाई संबोधन गरेका छन् ।

उनले कर्मचारीहरुलाई संबोधन गर्दै एलआइसी नेपालमा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई अन्तर्राष्ट्रिय एक्सपोजन प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले नेपाली कर्मचारीहरुलाई अन्तर्राष्ट्रिय स्तरका तालिम सेमिनारमा सहभागी गराउने विश्वास दिलाएका छन् । उनले भने ‘एलआइसी नेपालका कर्मचारीको क्षमता अभिबृद्धिका बढाउनका लागि कुनै कसर बाँकी राखिने छैन ।’

Esewa
Crest

अहिलेको समयमा कर्मचारीहरु सूचना मैत्री हुनु पर्यो भन्दै बजारमा प्रतिस्पर्धी भएर अगाडी बढ्न अनुरोध समेत गरेका छन् । एलआइसी नेपालको हरेक गतिविधि ग्राहकमैत्री हुनुपर्नेमा जोड दिएका छन् । बीमा क्षेत्रमा हुने फ्रडलाई रोक्न उनले सबैलाई आग्रह गर्नुका साथै वास्तविक रुपमा बीमा पोलिसी जारी गर्न निर्देशन दिएका छन् । दाबी भुक्तानीका बिसंगतीलाई निर्मुल गर्दै दावी भुक्तानीमा शिघ्रता ल्याई बीमितहरुको भरोसा बृद्धि गर्नु पर्नेमा उनको जोड थियो ।

उनले केन्द्रिय कार्यालयमा भएको छोटो कार्यक्रममा कर्मचारीहरुको बनोबल बढाउने प्रयास गर्नुका साथै एलआइसी नेपाललाई नयाँ उचाईमा पुर्याउने प्रतिवद्धता जाहेर गरेका छन् ।

अध्यक्ष मोहंती सँगै कम्पनीको सञ्चालक तबलेश पान्डेय पनि उपस्थित भएका थिए । उनको नेपाल बीमा प्राधिकरणमा समेत भ्रमण कार्यक्रम रहेको छ । कार्यक्रममा उपस्थित कर्मचारीहरुले अहिलेको परिस्थितिमा जीवन बीमा पोलिसी बिक्री गर्न धेरै गाह्रो भएको अवगत गराएका थिए ।

एलआइसीको व्यवसायिक सञ्जाल नेपाल सहित १४ वटा देशमा रहेको छ । एलआइसीका १४ वटा देशहरु मध्ये नेपालले राम्रो व्यवसाय गरिरहेको भन्दै आगामी दिनमा पनि अझै राम्रो व्यवसाय गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS