IME Life New

एलआइसीमा २० प्रतिशतसम्म एफडिआईको स्वीकृति दिने तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौंः भारतीय पूँजी बजारकै सबैभन्दा ठूलो प्राथमिक शेयर निष्काशनको रुपमा बहुप्रतिक्षारत भारतीय जीवन बीमा निगम(एलआइसी) मा २० प्रतिशतसम्म विदेशी लगानीलाई स्वीकृति दिने सरकारले तयारी गरेको छ ।

भारत सरकारको उच्च अधिकारीलाई उद्घृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले विदेशी संस्थागत लगानी गर्न दिने विषयमा सरकारले विचार गरिरहेको उल्लेख गरेको छ । भारत सरकारले एलआइसीको प्राथमिक शेयर निष्काशन गरेर आफ्नो ९० हजार करोड भारतीय रुपैयाँ जुटाउने तयारी गरिरहेको छ ।

Esewa
Crest

बीमा सेवा क्षेत्रमा ४९ प्रतिशतसम्म वैदेशिक लगानी खुल्ला गर्दै आएकोमा यस वर्षदेखि भारतले विदेशी संस्थागत लगानीकर्ताले बीमा सेवा क्षेत्रमा ७४ प्रतिशतसम्म लगानी गर्न पाउने घोषणा गरेको छ। आर्थिक पत्रिका ब्लूमबर्गले गत महिना सार्वजनिक गरेको समाचार अनुसार, गोल्डम्यान स्याक्स ग्रुप इंक, जेपी मोर्गन चेस एण्ड कम्पनी र आईसीआईसीआई सिक्योरिटीज लिमिटेड एलआइसीको शेयर बिक्री प्रबन्धकको रुपमा काम गर्न प्रस्ताव गरिरहेका कम्पनीहरुमध्ये हुन् ।

त्यसैगरी कोटक महिन्द्रा क्यापिटल, जेएम फाइनान्सियल लिमिटेड, सिटीग्रुप इंक र नोमुरा होल्डिङ इंकले पनि शेयर बिक्री व्यवस्थापनको लागी आफ्नो प्रस्तुतीकरण गरेका छन् । कूल १६ वटा बैंकले बिक्री प्रबन्धकको रुपमा काम गर्ने इच्छा देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS