IME Life New

एमडिआरटी ग्लोबल कन्फ्रेन्स २०२३ मा हिमालयन लाइफबाट काशिराम र रामकुमार सहभागी हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय संस्था एमडिआरटी –मिलियन डलर राउण्ड टेवल ) ले Sands Expro &  Convention Centre, Singapore मा अगष्ट २७ देखि अगष्ट ३० सम्म आयोजना गरेको एमडिआरटी ग्लाृबल कन्फ्रेन्स २०२३ मा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको प्रतिनिधित्व गर्दै २ जना प्रस्थान गरेका छन् । उनीहरु उक्त कन्फ्रेन्समा सहभागी हुनका लागि भदौ ८ गते नै सिंगापुर प्रस्थान गरेका हुन् । कम्पनीका एमडीआरटी काशिराम ढकाल र एमडीआरटी रामकुमार अधिकारी सिंगापुर प्रस्थान गरेका हुन् ।

सम्मेलनमा विश्व भरिका ५ सय भन्दा बढी कम्पनी र ७० भन्दा बढी राष्ट्रहरुबाट अभिकर्ताहरुको सहभागिता रहने छ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको बागमती प्रदेश प्रमुख हरि प्रसाद ढुंगानाले हिमालयन लाइफको प्रधान कार्यालयमा कम्पनीका सिइओ मनोज कुमार लाल कर्ण, डिसिइओ कपिल कुमार दाहाल, मार्केटिङ हेड माधव शर्मा, कलंकी शाखा प्रमुख हेमन्त तिवारी, कलंकी मार्केटिङ एक्जिक्युटिभ बिश्व खनाल,बरिष्ठ अभिकर्ता पोम बहादुर थापा, बरिष्ठ अभिकर्ता मित्र प्रसाद अर्याल लगायत हेड अफिसका कर्मचारी र अन्य अभिकर्ताहरु माझ एक औपचारिक कार्यक्रम गरी द्धय एमडीआरटीलाइ बिदाई तथा शुभकामना आदानप्रदान गरेका थिए ।

Esewa
Crest

काशिराम ढकालले साबिक युनियन लाईफ इन्स्योरेन्सबाट लगातार तेस्रो तथा रामकुमार अधिकारीले लगातार दोस्रो पटक एमडीआरटी उपाधि हासिल गर्न सफल हुनुभएको छ।भएका छन् । यस पालि दुवै जनाले टीओटी उपाधि हासिल गर्ने लक्ष्य लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

17%
sad

दु :खी

33%
amazed

अचम्मित

17%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS