IME Life New

एड्भान्स फिचरसहित ब्ल्याक-बोल्ड लुकमा लन्च भयो क्रेटा नाइट एडिसन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हुन्डाई मोटर इन्डियाले आधिकारिक रुपमा क्रेटा नाइट एडिसन आधिकारिक रपमा बजारमा बिक्रीका लागि लन्च गरेको छ। आकर्षक ब्ल्याक पेन्ट स्किम र एड्भान्स सुविधाहरुले सुसज्जित यो एसयूभी पेट्रोल र डिजेल इन्जिन दुवै विकल्पमा ल्याइएको छ । हुन्डाई क्रेटा नाइट अडिसनको सुरुआती मूल्य भारु १४.५१ लाख तोकिएको छ। जब कि यसको टप–स्पेक भेरियन्ट भारु २०.१५ लाख (एक्स–शोरुम) को मूल्यमा उपलब्ध हुनेछ।

नाइट एडिसन मूलतया क्रेटाको अल–ब्ल्याक एडिसन हो। जसलाई कम्पनीले २१ वटा ठूला परिवर्तनका साथ बजारमा ल्याएको छ । यसमा बाहिरीदेखि भित्री भागसम्म धेरै परिवर्तन गरिएको छ। जसले यसलाई नियमित क्रेटाभन्दा पूर्ण रुपमा फरक बनाएको छ । यो एसयूभी दुई भेरियन्ट एस(ओ) र एसएक्स(ओ) मा मात्र उपलब्ध हुनेछ। यद्यपि, ग्राहकले पेट्रोल र डिजेल इन्जिन अप्सनमध्ये एउटा छनौट गर्न सक्छन्।

Esewa
Crest

नयाँ हुन्डाई क्रेटा नाइट एडिसनको बाहिरी डिजाइनमा गरिएका परिवर्तनमा अगाडि र पछाडि म्याट कालो हुन्डाई लोगो, रातो ब्रेक क्यालिपरसहित १७ इन्चको एलोय ह्विल र नाइट सिम्बल समावेश गरिएको छ । यसमा ग्रिल, अगाडि र पछाडि स्किड प्लेटहरु, साइड सिल्स, रुफ रेलहरु, सी–पिलर गार्निस, बाहिरी रियर भ्यू मिररहरु र स्पोइलरमा धेरै ब्ल्याक–आउट एलिमेन्टहरु छन्।

क्रेटा नाइट एडिसनको क्याबिन धेरै राम्रो छ। कम्पनीले यसलाई नियमित मोडलको तुलनामा धेरै एड्भान्स र प्रिमियम बनाएको छ । यसको भित्री भाग सबै कालो रङमा सजाइएको छ। जसमा ब्रास कलरको इन्सर्टहरु पनि धेरै देखिन्छन्। जसले यसलाई प्रिमियम अपिलका साथै स्पोर्टी बनाउँछ। यसबाहेक मेटल प्याडल, छालाको छोपिएको स्टेयरिङ ह्विल र ब्रास रङको स्टिचिङसहितको गियर नब र कालो छालाको सिट अपहोल्स्ट्रीसहित ब्रास रङको पाइपिङ र स्टिचिङले यसलाई अझ आकर्षक बनाएको छ।

नयाँ हुन्डाई क्रेटा नाइट एडिसनको इन्जिन मेकानिजममा कुनै परिवर्तन गरिएको छैन । यसमा १.५ लिटर प्राकृतिक एस्पिरेटेड (एनए) पेट्रोल इन्जिन र १.५ लिटर डिजेल इन्जिन छ। प्रसारण विकल्पहरुमा ट–स्पिड म्यानुअल, आईभीटी र ट–स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरबक्स समावेश छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS