IME Life New

एजेन्सी एड्भाइजरलाई रिलायबल नेपाल लाइफको उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना एजेन्सी एड्भाइजर र एजेन्सी म्यानेजरहरुलाई उत्प्रेरणा तथा रिफ्रेसमेन्ट तालिम दिएको छ । बनेपा रिजनल अन्तगर्त मन्थली शाखाले शनिबार मन्थलीमा एक दिने उत्प्रेरणा तथा रिफ्रेसमेन्ट तालिम दिएको हो ।

मन्थली शाखाका शाखा प्रबन्धक पवन घिमिरेको अध्यक्षता रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका सिनियर म्यानेजर युबराज शर्माको प्रमुख आतिथ्यता बाग्मती प्रदेश प्रमुख सुरेन्द्र थापाको बिशेश आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

Esewa
Crest

कार्यक्रममा सिनियर म्यानेजर युबराज शर्माले बीमा के हो ? किन गरिन्छ ? बीमा गर्दाको फाइदा, बीमा रिलायबल मै किन गर्ने भन्ने बारेमा प्रशिक्षण दिएका थिए । शर्माले बीमा भनेको बचत र सुरक्षाको लागि गरिने र बीमा भविष्यमा आइपर्ने समस्याको समाधान आर्थिक सुरक्षा गर्ने मुख्य विषय रहेको बताए ।

कार्यक्रममा बाग्मती प्रदेश प्रमुख सुरेन्द्र थापाले बीमा किन आबस्यक छ? कस्ले कस्तो बीमा गर्ने भन्ने बारेमा जानकारी गराएका थिए । उनले बीमा गर्दा जोखिम हन्तान्तरण हुने तथा जोखिम व्यवस्थापन समेत हुने भएकाले सबैले बीमा गर्न आवश्यक रहेको बताए ।

कार्यक्रमा सहभागी भएका अभिकर्ताले बीमाका बारेमा समाजमा अझै बुझाउन आवश्यक रहेको बताएका थिए । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड मन्थली शाखाले आफ्ना एजेन्सी एड्भाइजर हरुलाई समय समयमा आधारभुत तथा उत्प्रेरणा कार्यक्रममा सहभागी गराउदै आएको छ। कार्यक्रममा ५० जना एजेन्सी एड्भाइजर हरुको सहभागिता रहेको थियो।

सोही कार्यक्रमको अबसरमा मलेसियामा मृत्यु भएका मन्थली नगरपालिका ७ भटौली निबासी ३४ बर्सिय भिम बहादुर माझीको परिवारलाई दाबी भुक्तानी बापतको रकम १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

भुक्तानी बापतको रकमको चेक उनको हकवाला श्रीमती निशा भण्डारी माझीलाई दिइएको हो। उनको श्रीमान स्वर्गीय भिम बहादुर माझीले बिदेश मलेसिया जादा रिलायबलमा अनलाइनबाट ट्रम पोलिसी खरिद गरेका थिए । उनको सुतेकै अबस्थामा मृत्यु भएको थियो ।

सो बीमा गरेबापत उनले पाउने रकम रु १४ लाख रुपैयाँ सोही कार्यक्रमका बिच रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका सिनियर म्यानेजर युवराज शर्मा र बागमती प्रदेश प्रमुख सुरेन्द्र थापाले हस्तान्तरण गरेका हुन् ।

सोही कार्यक्रममा उत्कृष्ट ब्यबसाय गर्ने एजेन्सी एड्भाइजर हरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS