IME Life New

एक महिनामा जीवन बीमकको नयाँ व्यवसाय पौने ३ अर्ब हुँदा कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चैत महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले २ अर्ब ७९ करोड रुपैयाँ माथि प्रथम बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकारणबाट प्राप्त तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीले एक महिनामा मात्रै ४ लाख २६ हजार ३९८ वटा बीमालेख जारी गरी २ अर्ब ७९ करोड ६६ लाख रुपैयाँ नयाँ व्यवसाय गरेका हुन्।

चैतमा सबैभन्दा धेरै प्रथम बीमा शुलक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संकलन गरेको छ। यस अवधिमा कम्पनीले ५६ करोड ८७ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ। नेशनल लाइफले ३७ करोड ४ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ।

Esewa
Crest

यसैगरी हिमालय लाइफले २५ करोड १० लाख रुपैयाँ, सूर्यज्योति लाइफले २१ करोड ८५ लाख रुपैयाँ, सानिमा रिलायन्सले २० करोड ३२ लाख रुपैयाँ र सिटिजन लाइफले १९ करोड ९२ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन्।

त्यस्तै एशियन लाइफले १५ करोड ६५ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसनले १५ करोड ५४ लाख रुपैयाँ, आइएमई लाइफले १५ करोड ४४ लाख रुपैयाँ, सन नेपाल लाइफले १३ करोड ३६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १२ करोड २ लाख रुपैयाँ, मेट लाइफ ११ करोड ५८ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १० करोड ८ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ३ करोड ८३ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन्।

चालु आर्थिक वर्षको चैत महिनासम्म भने जीवन बीमा कम्पनीहरुले १ करोड ३८ लाख ३२ हजार ६०१ वटा बीमालेख जारी गरी १ खर्ब १० अर्ब ८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS