IME Life New

एकल भुक्तानी बीमामा थप कडाई, एकल भुक्तानी बीमा हिस्सा घटाउने योजनामा बीमा समिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

घर जग्गा व्यवसायी, कर छली, सुन तस्करी र सहकारी मार्फत् बीमामा सम्पति शुद्धीकरणको प्रयास हुने गरेको प्रारम्भिक निष्कर्ष निकाल्दै सम्पति शुद्धीकरण विभागले एकल भुक्तानीका ठूला बीमा बिमालेखहरुको अनुसन्धान गर्ने भएको छ । बीमामा हुने सम्पति शुद्धीकरणलाई रोक्न सम्पति शुद्धीकरण विभागले बीमा समितिसँग सम्झौता समेत गरेको छ।

बीमा क्षेत्र सम्पति शुद्धीकरण हुने जोखिमयुक्त क्षेत्र भएको भन्दै त्यसलाई रोक्न बीमा समिति मार्फत काम अघि बढाईएको जानकारी सम्पति शुद्धीकरण विभागले दिएको छ। केहि समय अगाडी बीमा समितिले बीमामा हुन सक्ने सम्पति शुद्धीकरणलाई रोक्न एक लाख भन्दा ठूला भुक्तानी चेक मार्फत मात्रै गर्ने व्यवस्था गर्न निर्देशन गरेको थियो ।

Esewa
Crest

अब बीमा समिति र सम्पति शुद्धीकरण विभागले एकल भुक्तानीबाट जारी गरिने ठूला बीमा पोलिसी होल्डरहरुको सूचना एक आपसमा साटासाट गर्नेछन् । समितिलाई शंकास्पद लागेका त्यस्ता बीमितहरुको विवरण नेपाल राष्ट्र बैंक मार्फत विभागलाई उपलब्ध गराइनेछ ।

बीमा समितिले शंस्कास्पद बीमा पोलिसी होल्डरको अनुसन्धान गर्न बीमा समिति उप निर्देशक साम्भराज लामिछानेलाई तोकेको छ। बीमा कम्पनीहरु एकल भुक्तानीका ठूला बीमालेख जारी गर्न केन्द्रित देखिए पछि गत आर्थिक वर्ष बीमा समितिले एकल भुक्तानीका ठूला बीमा पोलिसीहरुको संख्या कुल बीमा ब्यबसायको १५ प्रतिशत भन्दा कम कायम गराउन निर्देशन दिएको थियो ।

संचालनमा रहेका जिबन बीमा कम्पनीहरुमध्ये केहि जीवन बीमा कम्पनीहरुले २५ प्रतिशतसम्म एकल भुक्तानीबाट संकलन गर्दै आएको तथ्यले बीमा बजारमा जोखिममा पर्नसक्ने भन्दै बीमा समितले एकल भुक्तानी प्रकृतिका बीमालेखमा कठोरता अपनाउने निर्णय गरेको थियो। समिति श्रोतका अनुसार केहि समय भित्रै एकल भुक्तानी प्रकृतिका बीमालेखहरुको हिस्सा १० प्रतिशतमा झार्ने बीमा समितिको योजना रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS