IME Life New

इन्स्योरेन्स खबर प्रभावः भट्टराईले बीमा कोष फोडेर कुम्ल्याएको बोनश प्राधिकरणले फिर्ता गरायो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साबिक महालक्ष्मी लाइफ इन्स्योरेन्सका कर्मचारीले जीवन बीमा कोष फोडेर बाँडेको बोनश रकमलाई नेपाल बीमा प्राधिकरणले फिर्ता गराएको छ। आर्थिक वर्ष २०७७/७८ मा वितरणयोग्य पर्याप्त मुनाफा नै नभएपनि प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले जीवन बीमा कोषमा जम्मा गर्नुपर्ने रकमबाट कर्मचारी बोनश बाँडेका थिए ।

आव २०७७/७८ मा आफ्नो निर्देशनलाई अटेर गर्दै भट्टराईले बोनश रकम कुम्ल्याएपछि प्राधिकरणले आव २०७८/७९ मा नाफावापतको रकमबाट १ करोड ८ लाख ८९ हजार ४७६ रुपैयाँ बीमाकोषमै फिर्ता गर्न लगाएको हो । प्राधिकरणका उप निर्देशक विरोध वाग्लेका अनुसार आव २०७७/७८ मा वाललातमा बीमा कोषबाट झिकेर कर्मचारी बोनश वितरण गरिए बराबरको रकम आव २०७८/७९ को वित्तीय प्रतिवेदन स्वीकृत गर्दा पुनः बीमा कोषमै सार्न लगाइएको जानकारी दिएका छन् ।

Esewa
Crest

जीवन बीमाशुल्कवापत संकलित रकममध्ये बचत भएकाे रकम जीवन बीमा काेषमा जम्मा गर्नुपर्ने भएपनि साबिक महालक्ष्मी लाइफका प्रमुख कार्यकारी भट्टराईले बीमितलाई ठग्ने नियतले बीमाकाेषकाे साटाे वितरण याेग्य नाफामा रकम देखाएर आफूले समेत कर्मचारी बाेनश कुम्ल्याएका थिए । आव २०७८/७९ को वासताल तयार भएर प्राधिकरणबाट स्वीकृत हुने समयसम्म आफू पदमा रहने नरहने टुङ्गो नभएपछि भट्टराईले बठ्याइँ गरेर बीमितलाई वितरण गर्नुपर्ने कोषको रकम दुरुपयोग गर्दै कर्मचारी बोनश रकम वितरण गरेका हुन्। प्रभु लाइफ इन्स्योरेन्ससँग मर्ज भएपछि भट्टराई हाल प्रभु महालक्ष्मी लाइफमा प्रमुख कार्यकारी छन् ।

रमेश भट्टराईकाे त्याे गम्भीर वित्तीय अपराध, बीमाकाेष फाेडेर कुम्ल्याए कर्मचारी बाेनश

आव २०७८/७९ को नाफाबाट वासतालमा १ करोड ८ लाख ८९ हजार ४७६ रुपैयाँ बीमाकोषमै फिर्ता गरिएपछि आव २०७८/७९ मा पुष महिनाभित्र महालक्ष्मी लाइफ इन्स्योरेन्समा जागिर खाएका स्थायी कर्मचारीलाई सोझै घाटा लाग्ने भएको छ। उनीहरुले पाउनुपर्ने रकम अघिल्लो आवमै पुराना कर्मचारीले उछिट्याई दिएपछि यी कर्मचारीलाई घाटा हुने भएको छ।

प्राधिकरणबाट आर्थिक वर्ष २०७७/७८ काे वार्षिक वित्तीय प्रतिवेदन सशर्त स्वीकृत गरि‌ंदा बीमालेखअन्तर्गतकाे दायीत्व बाेनशवापत व्यवस्था (Cost of Bonus) रकम सावधिक जीवन बीमा, अग्रिम भुक्तानी जीवन बीमा र रूपान्तरित सावधिक जीवन बीमाकाे रकम सम्बन्धित बीमा काेषमा रहेकाे भन्दा कम देखिएकाले साे बराबरकाे रकम नाफा नाेक्सान हिसाबबाट जीवन बीमा काेषमा सार्न निर्देशन दिइएकाे थियाे ।  सावधिक जीवन बीमाकाे १ कराेड २८ लाख २ हजार ५१७, अग्रिम भुक्तानी जीवन बीमाकाे बाेनशवापत ३७ लाख ४९ हजार ६९८ र रूपान्तरित सावधिक जीवन बीमाकाे २३ लाख ४७ हजार रूपैयाँ बाेनश रकम जीवन बीमा काेषमा देखिनु पर्नेमा यसबाट रकम झिकेर कर्मचारी बाेनश बाँडिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

13%
sad

दु :खी

13%
amazed

अचम्मित

25%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS