IME Life New

इन्स्योरेन्स इन्स्टिच्यूटले संचालन गर्ने तालिमबारे सर्वसाधारण बेखबर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्यूट अफ नेपाल(आइआइएन)ले प्रदान गर्ने तालिमको सम्बन्धमा आवश्यक जानकारीहरु सार्वजनिक पहुँचमा उपलब्ध हुन सकेको छैन । बीमा क्षेत्रमा कार्यरत जनशक्तिको दक्षता अभिवृद्धि गर्ने र जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापित आइआइएनले बीमा क्षेत्र अन्तर्गतको विभिन्न विधामा सामान्य देखि विशिष्ट स्तरको तालिम संचालन गर्दै आएको छ । तर तालिममा सहभागी हुन इच्छुकहरुलाई तालिमको विषय, शैक्षिक कार्यक्रममा विषय सूचीहरु, तालिम संचालनको तालिका, अवधि, तालिम प्राप्त गर्न लाग्ने शुल्क, तालिम प्राप्त गरेपछि प्रमाण पत्र पाइने नपाइने भन्ने विषयमा सार्वजनिक जानकारी उपलब्ध छैन ।

आधिकारिक वेवसाइटमै आफूले तालिममा सहभागीताको लागि विषयवस्तु छनौट गर्न, अनलाइन वा भौतिकरुपमा कक्षामा उपस्थित भएर तालिममा सहभागीता जनाउनको लागी नामाकरण गर्ने सुविधा उपलब्ध भएमा तालिम लिन चाहनेहरुको लागी सहज हुने थियो ।

Esewa
Crest

आइआइएनको आधिकारिक फेसबुक पेजमा गत चैत्रमै आयोजना गरिने भनिएको तालिम सम्बन्धी सूचना राखिएको छ भने आधिकारिक वेवसाइटमा समेत अपकमिङ इभेन्ट्स अन्तर्गत झण्डै १६ महिना पुरानो(जनवरी २०२१ ) दुई दिने अनलाइन अन्तरकृया कार्यक्रम संचालनको सूचना राखिएको छ ।

आइआइएनले संचालन गरेको तालिमहरुको सम्बन्धमा वेवसाइटमा २०७५ देखि २०७६ भदौसम्म संचालित तालिमको विवरण मात्र उल्लेख छ । बीमा तथा व्यवस्थापन क्षेत्रमा लामो समयदेखि अनुभव प्राप्त विज्ञहरु आवद्ध रहेकाले त्यहाँबाट संचालन गरिने तालिम अन्यत्रको भन्दा प्रभावकारी हुने गरेको सहभागीहरुको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS