IME Life New

आर्थिक स्तर उकास्न अभिकर्ता पेशा निकै उपयोगी छ, सुरेश बाबु जमरकट्टेल सिनियर एजेन्सी म्यानेजर सिटिजन लाइफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आजभन्दा एक दशक अघि बीमा क्षेत्रमा प्रवेश गरेका थिए सिटिजन लाइफ इस्योरेन्सका सिनियर एजेन्सी म्यानेजर ‘सुरेश बाबु जमरकट्टेल’ । नेपाल लाइफबाट यो पेशामा होमिएका उनी सिटिजन लाइफ इन्स्योरेन्समा आबद्ध भएको पनि दुई वर्ष पूरा भईसकेको छ । समाज सेवामा पनि आबद्ध रहेका उनले चोमोलोङमा प्रतिष्ठानदेखि नेपाल रेडक्रस सोसाईटीमा समेत योगदान दिएका छन् ।

कार्यव्यस्तताका कारण करिब तीन वर्ष बीमा क्षेत्रबाट बाहिरिए पनि फेरी यही क्षेत्रको अवसरले आफूलाई पुनः तानेको उनले बताए । सोलुखुम्बु जिल्लाको नेटासल्यान गाउँपालिकामा जन्मेका उनको बसाईं अचेल भक्तपुरमा छ ।

Esewa
Crest

नेपाली विषयमा उनले मास्टर्स डिग्री (स्नातकोत्तर) सम्मको अध्ययन गरेका उनले  एलएलबी पनि गरेका छन् । आफूले मास्टर्सको अध्ययन गर्दा गर्दै बीमा अभिकर्ता पेशामा जोडिएको बताउने उनले पढ्दै कमाउन चाहनेको लागि बीमा पेशा निकै उपयोगी हुने अनुभव साटे ।

सामाजिक कार्यमा विशेष रुची राख्ने उनका लागि अप्रत्यक्षरुपमा बीमा पेशा समेत समाज सेवासँग जोडिएको पेशा भएकाले पनि यो पेशा मन परेको होे । सीमित आम्दानी र असीमित खर्चका बावजुद पनि भविष्यका लागि जीवन बीमाले अनिवार्य बचतका लागि प्रोत्साहन गर्ने विशेषता उनलाई निक्कै मन पर्ने पक्ष हो । मानिसलाई बचत सँगसँगै आर्थिक जोखिम बहन पनि गर्न सघाउने संसारमा एउटा मात्रै क्षेत्र भएकाले पनि उनलाई अभिकर्ता  पेशा निकै मन पर्छ ।

शिक्षण पेशा छाडेर बीमामा
बीमा अभिकर्ताको रुपमा परिचय स्थापित हुनु अघि उनी शिक्षण पेशासँगै अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा आबद्ध थिए । समाजमा जागरण ल्याउनका लागि शिक्षण पेशाको महत्वलाई कम आंकलन गर्न नसकिने भएपनि अहिलेको उपभोक्तावादको यूगमा वित्तीय साक्षरता पनि उत्तिक्कै महत्वपूर्ण भएकाले बीमा अपरिहार्य रहेको उनको बुझाई छ । त्यसैले त अचेल उनी पूर्णकालीन अभिकर्ताका रुपमा सिटिजन लाइफमा सकृय छन् ।

एक अभिकर्ताबाट प्रभावित भएर छिरे बीमा क्षेत्रमा
आफूले पहिलो पटक आफ्नै जीवन बीमा गर्दा समेत उनलाई बीमाबारे खासै जानकारी थिएन । आफ्नो बीमा गराई दिने अभिकर्ता मित्रको संगतबाट नै उनले बीमाबारे बिस्तारै जानकारी लिने मौका पाउँदै गए र अन्ततः अभिकर्ता बनेर उदाए । उनले बीमा क्षेत्रमा प्रवेश गर्नु अघि आफूले बीमा क्षेत्रलाई सोच्ने दृष्टिकोण र यसमा प्रवेश गरेपछि उनले देखेको बीमा क्षेत्रमा निकै ठूलो अन्तर पाएको अनुभव सुनाए ।
बीमा आफूले मात्रै गर्ने कुरा होइन रहेछ यो त अरुलाई पनि गराउनुपर्ने कुरा रहेछ भन्ने उनलाई लागेको थियो । अहिले सिटिजन लाइफमा एकसय जना भन्दा धेरै जनाको बीमा गराएका छन् । गत वर्ष ६ महिना मात्रै काम गरेका उनी डायमण्ड क्लबमा आबद्ध हुन सफल भएका थिए । बीमामा डाइमण्ड क्लब कैयौ अभिकर्ताहरुको आकर्षणको केन्द्र समेत बन्दै आएको छ । त्यस्तै उनले सन् २०२४ को एमडीआरटीका लागि  तोकिएको लक्ष्य समेत ६ महिनामै पुरा गरेका छन् ।

बचेको समयमा बीमामा काम गर्न सकिने
उनले बीमाको लागि भनेर छुट्टै समय निकाल्नु पर्ने भन्दा पनि आफूले व्यक्तिगत कामधन्दा सकेर पनि यसका लागि पर्याप्त समय दिन सकिने बताए । आफूलाई फुर्सद मिलेको बेलामा नै काम गर्न सकिने पेशा विश्वमा निकै कम हुने उनको आँकलन छ ।

बीमामा प्रवेश गरेपछि धेरै परिवर्तन भए
उनले बीमा क्षेत्रमा प्रवेश गर्नु अघि बीमालाई धेरै सकारात्मक देख्दैन थिए । विगतमा यूनिटी लाइफको नकारात्मक समाचार आईरहने भएकाले पनि उनको मन, मस्तिस्कमा त्यस्तै छाप परि रहेको थियो । कुनै दिन यस्तो समय आयो उनको भ्रम चिरिन पुग्यो । बीमाले बीमा दिंदैन भन्नेबाट आजकाल बीमाले धेरै दाबी भुक्तानी दिएका खबरहरु पनि फैलिरहेको उनले सुनाएका छन् ।

अहिले उनले बीमा बेच्ने मात्रै भन्दा पनि बीमाको बारेमा बुझाउने गरेको बताएका छन् । धेरैवटा सहकारी, गार्मेन्ट, ट्राभल एजेन्सीहरुमा उनले बीमा सचेतना कार्यक्रम गरिरहेका छन् ।

बीमामा जोडिएको त्यो रोचक घटना, एकै पटक गरे १५ जनाको बीमा
कुनै दिन एउटा रेष्टुरेण्टमा बसेर बीमाको बारेमा आफ्नो साथीलाई बुझाउँदै गर्दा छेउकै टेबलमा रहेका अपरिचित व्यक्तिले समेत बडो चासो लिएर सुनेको अनि प्रभावित भएर बीमा गर्न आग्रह गरेको सुनाउँदा उनको मुहारमा चमक देखिन्थ्यो । उनी त्यही बेलामा ती अपरिचित व्यक्तिसँग कुराकानी गरेर उनको आवश्यक्ता बुझि सकेपछि बीमाको प्रस्ताव फारम भर्न लगाएको सम्झिन्छन् । यो घटना उनी आफैलाई पनि निकै रोचक लाग्ने गरेको छ । उनले त्यही प्रसङगलाई दोहोर्याउँदै भने, कसैले यति चाँडो बीमाबारे बुझ्दा रहेछन् या आफैंले पनि सजिलै  बुझाउन सक्ने रहेछु भन्दै खुशी लाग्ने गरेको बताए ।

त्यस्तै, गत असारमा उनी एक कोल्ड स्टोरमा पुगेका बेला त्यहाँको मालिकसहित सबैलाई एक घण्टा जति बीमाको बारेका बुझाए । भोलिपल्ट त्यही ठाउँमा उनले १५ जनाको बीमा गराउने अवसर पाए। सामान्य कामदारले समेत १० लाख रुपैयाँको बीमा गराए । ढिलो गरी बीमा शुरु गरेकोमा केही कामदार थकथक मान्दै थिए, जमरकट्टेल भन्छन्, थोरै आम्दानी हुनेका लागि स-सानो बचतले पनि जीवनमा ठूलो अर्थ राख्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

29%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS