IME Life New

आदर्श लघुवित्तको आइपीओमा ३२१ गुणा बढीको पर्यो आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयरमा मागभन्दा ३२१ दशमलव ६९ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार आवेदन दिने अन्तिम दिनसम्म उक्त आवेदन परेको हो । कम्पनीले असार १ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ६७ लाख रूपैयाँ बराबरको ६७ हजार कित्ता आइपीओ निष्काशन गरेको थियो । आवेदन दिने हिजो अन्तिम दिनसम्म १७ लाख ९६ हजार ६८४ जनाले २ अर्ब १ करोड ४२ लाख ६१ हजार रुपैयाँ बराबरको शेयर माग गरेका छन् ।

सर्वसाधारणमा निष्काशन हुन लागेको कुल ६७ हजार कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी ६२ हजार ६१५ कित्ता शेयर मात्र सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

Esewa
Crest

कम्पनीले आइपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी सिंगल बि प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था थियो। यस आइपीओ निष्काशन तथा विक्री प्रवन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

आवेदकले विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरूसँगै मेरो शेयर एप र सफ्टवेयरबाट पनि आवेदन दिन सकिने व्यवस्था थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS