IME Life New

आज बम्पर लाभांश पारित गर्दै सूर्यज्योति लाइफ इन्स्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १६औँ वार्षिक साधारणसभा आज वैशाख २१ गते आयोजना गर्दैछ । सभा विराटनगरको होटल हैरिसन प्यालेसमा बिहान १० बजेबाट सुरु हुनेछ। कम्पनीको चैत २९ गते बसेको बैठकले वार्षिक साधारणसभाको मिति तय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७९।८०का लागि प्रस्तावित बम्पर लाभांश अनुमोदन गर्नेछ। जसमा कम्पनीको हाल कायम चुक्तापुँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० रुपैयाँको १०.२६ प्रतिशतले हुन आउने ४६ करोड ६३ लाख ७५ हजार ६९७.४६ रुपैयाँबराबरको बोनस शेयर र २४.७४ प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ४५ लाख ७४ हजार ५३७.५४ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्।

Esewa
Crest

सभाले बोनस शेयर वितरणपछि हुने शेयर संरचनाबमोजिम जारी पुँजी तथा चुक्तापुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७.४६ रुपैयाँ पुर्याउने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भएबमोजिम आवश्यक संशोधन गर्ने र कम्पनी ऐनको दफा १०५ (१) (ग) बमोजिम आर्थिक वर्ष २०७९।८० मा सूर्यज्योति लाइफ इन्स्योरेन्स तथा साविक ज्योति लाइफ इन्स्योरेन्सबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्च अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षक आर्थिक प्रतिवेदनसहित २०७९ पुस ६ गतेको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९।८० को मिति २०७९ पुस गतेको नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण एवं तत्सम्बन्धी अनुसूचीहरुमाथि छलफल गरी पारित गर्नेछ। सभाले चालु आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि स्वीकृत गर्नेछ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ कम्पनीले वैशाख ७ गते बुक क्लोज गरेको थियो। यसको मतलब वैशाख ७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

60%
excited

उत्साहित

40%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS