IME Life New

आजसम्म शेयर किन्नेले एलआईसी नेपालको हकप्रदमा आवेदन दिन पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आजसम्म शेयर किन्नेले लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले निष्काशन गर्ने हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि भोली कात्तिक ९ गते बुकक्लोज गर्दैछ। त्यसकारण आजसम्म कायम शेयरधनीले हकप्रद शेयर भर्न पाउनेछन् ।

कम्पनीले कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत अर्थात् १ः०.८८४५ को अनुपातमा हकप्रद शेयर बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २ करोड ३४ लाख ६८ हजार कित्ता शेयर जारी गर्नेछ।

Esewa
Crest

नेपाल धितोपत्र बोर्डले गत असोज १४ गते एलआईसी नेपाललाई हकप्रद शेयर जारी अनुमति दिएको थियो। अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर बिक्री गर्नेछ। कम्पनीले धितोपत्र बोर्डमा गत वर्ष असोज २९ गते हकप्रद शेयर निष्कासनको अनुमति माग्दै निवेदन दिएको थियो।

कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ।

हकप्रद निष्कासन एलआईसी नेपालले इक्रा एनपी आइआर ए’ रेटिङ पाएको छ। रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार एलआईसीले पाएको रेटिङले तोकिएको समयमै वित्तीय दायित्व पूरा गर्ने सवालमा पर्याप्त सुरक्षित रहेको अवस्थालाई जनाउँछ। यस्तो शेयर निष्कासनकर्ताले एकदमै न्यून कर्जा जोखिम बहन गरेका हुन्छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS