IME Life New

आजसम्म शेयर किन्नले ओरियण्टल होटल्सको प्रस्तावित लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ओरियण्टल होटल्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनार्थका लागि असोज १२ गतेदेखि असोज २५ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार आज असोज १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले होटलको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश पाउन सक्नेछन् ।

कम्पनीले गत आथिृक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उक्त लाभांश पारित गर्नका लागि कम्पनीले असोज २५ गते, बिहीबार, २६औं वार्षिक साधारण सभा गर्ने भएको छ ।

Esewa
Crest

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाव एवं सोही अवधीको नगद प्रवाह विवरण, लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरण सहितका अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले लेखापरिक्षण समितिको सिफारिश अनुसार आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS