IME Life New

आजसम्म शेयर किन्नले आइएमई लाइफ इन्स्योरेन्सको बम्पर लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि भोलि जेठ १४ गते बुक क्लोज गर्नेछ । त्यसकारण आज जेठ १३ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिनुको साथै प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

कम्पनीले सातौँ वार्षिक साधारण सभा जेठ २८ गते गर्ने भएको छ । उक्त सभा आम्रपाली ब्याङकेट क्याटरिङ एण्ड इभेन्ट भाटभटेनी नक्साल काठमाडौंमा आयोजना गर्ने भएको छ । उक्त सभा विहान ११ बजेबाट शुरु गर्ने कम्पनीले जनाएको छ । कम्पनीको जेठ २ गते बसेको संचालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।

Esewa
Crest

कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत १ दशमलव ३१५८ प्रतिशतले हुन आउने ५ करोड २६ लाख ३१ हजार ५ सय ७९ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २६ दशलमव ३१५८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको उक्त सभाले प्रस्तावित लाभांश पारित गर्नेछ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिबेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/८० बमोजिमको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धीत अनुसूचिहरु सहितको वितीय विवरण माथि छलफल गरी पारित गर्नेछ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरिक्षण समितिबाट सिफारिस गई आए बमोजिम बाहय लेखापरीक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न एक (१) जना सञ्चालकको निर्वाचन गर्ने, सञ्चालक समितिको बैठकमा उपस्थित भए बापत सञ्चालकले पाउने बैठक भत्ता तथा सेवा सुविधा पुनरावलोकन गर्ने, बोनस शेयर जारी गरे पश्चात् कम्पनीको चुक्ता पूँजी रु पाँच अर्व कायम हुने भई हाल कायम कम्पनीको पूँजी संरचना परिर्वतन हुने भएकोले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा सोही बमोजिम संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

सभाले कम्पनीको प्रबन्ध(पत्र तथा नियमावली संशोधन गर्ने तथा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने, कम्पनीको मिति २०८०/०२/०२ गते बसेको सञ्चालक समितिको १८०औं बैठकले सञ्चालक समितिमा रिक रहेको संस्थापक शेयरधनी समूहमा बाँकी कार्यकालका लागि संस्थापक शेयरधनीहरुबाट सञ्चालकहरुको नियुक्ति गरेकोमा सो नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १०५(१) (ग) बमोजिम कम्पनीको आर्थिक वर्ष २०७९/०८० मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS