IME Life New

आईएमई लाईफ ईन्स्योरेन्सका जीवन बीमा योजनाहरु नेपाल बङ्गलादेश बैकका सम्पूर्ण शाखाहरुबाट खरिद गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आईएमई लाईफ ईन्स्योरेन्स र नेपाल बङ्गलादेश बैक बीच बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौतामा बैकको तर्फबाट बैकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट सहायक महाप्रबन्धक दिनेश अमात्यले हस्ताक्षर गरेका छन्।

सम्झौता पश्चात नेपाल बङ्गलादेश बैकका सम्पुर्ण ग्राहकहरुले बैँकका ७१ वटै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्ने छन्।
सो बैंक सम्झौतापछि बैंकका ग्राहकहरुले नेपाल बङ्गलादेश बैकका कुनै पनि शाखाबाट छिटो छरितो र सहज रुपमा आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।

Esewa
Crest

आइएमई लाईफ इन्स्योरेन्सले हाल ५० स्थानबाट विभिन्न शाखा मार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको छ भने विभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक , बाल शिक्षा , आजिवन , नगदर्फिता , साढे तीन गुणा रक्षावरण लगायतका बीमा योजना ल्याएको छ ।  ‘आइएमई लाइफ इन्स्योरेन्स’ले भने आफ्नो सत प्रतिशत पुनर्बिमा नेपाल पूनर्बीमा कम्पनीमार्फत गर्ने  गरेको छ।

आईएमई लाईफ इन्स्योरेन्स कम्पनीको मुख्य उद्देश्य न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पुर्याई नेपालमा जीवन बीमा विस्तार गर्नु रहेको छ । कम्पनीले गत आर्थिक वर्ष ५२ करोड भन्दा धेरै पहिलो बीमा शुल्क शंकलन गरेर नयाँ जीवन बीमा कम्पनीहरु मध्ये दोश्रो प्रतिस्पर्धी जीवन बीमा कम्पनी बन्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS