IME Life New

आइपिओ निष्काशन गर्न यती एयर पनि लिमिटेड कम्पनीमा परिणत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निजी क्षेत्रकाे पुरानाेमध्येकाे हवाई सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले थप पूँजी जुटाउनका लागि सर्वसाधारणमा शेयर निष्काशन (आइपिओ) जारी गर्ने भएकाे छ। २५ वर्ष पुरानाे याे हवाई कम्पनी सर्वसाधारणमा शेयर निष्काशनका लागि तीन महिना अघि प्राइभेट लिमिटेडबाट लिमिटेड कम्पनीमा परिणत  भएकाे हाे ।

यती एयरकाे मुख्य प्रबर्द्धक यती हाेल्डिङ्गस हाे । यती एयरसँग हाल ५ वटा एटिआर ७२ विमान सञ्चालनमा छन् । पाेखरामा गत माघ १ गते एउटा एटिआर विमान दुर्घटनामा पर्नु अघि यतीसँग ६ वटा एटिआर विमान थियाे । यतीले थप ३ वटा एटिआर विमान थप्ने याेजना रहेकाे जानकारी दिइएकाे छ। आन्तरिक उडानमा बुद्ध एयरपछिकाे स्थानमा रहेकाे यती एयरले पाेखरामा विमान दुर्घटना अघि आन्तरिक उडानमा करिब २५ प्रतिशत हिस्सा ओगटेकाे थियाे ।

Esewa
Crest

यती एयरले कति मूल्यकाे आइपिओ निष्काशन गर्न लागेकाे हाे भन्ने सार्वजनिक जानकारीमा आइ नसकेकाे भएपनि जानकारहरुका अनुसार चुक्ता पूँजीकाे करिब ३० प्रतिशत रकम आइपिओमार्फत् निष्काशन गर्नेछ ।

यती एयरकाे माउ कम्पनी यती हाेल्डिङ्गसले सीता एयरमार्फत् दुर्गम क्षेत्रमा छाेटाे दूरीकाे हवाई उडान सेवा दि‌ंदै आएकाे छ। यसैगरी यती हाेल्डिङ्गसकाे लगानी हेलिकप्टर उडान सेवा कम्पनी एयर डाइनेष्टी र अन्तर्राष्ट्रिय विमान सेवा कम्पनी हिमालयन एयरलाइन्समा समेत छ।

प्रिमियम मूल्यमा आइपिओ जारी गर्नेः

यती एयर सम्बद्ध श्राेतका अनुसार यती एयर लिमिटेडले नयाँ साझेदार भित्र्याएर सर्वसाधारणमा प्रिमियम मूल्यमा शेयर जारी गर्ने तयारी गरेकाे छ। शेर्पा परिवारकाे पारिवारिक कम्पनीकाे रुपमा सञ्चालन हुँदै आएकाे यती एयरलाई अझै बिस्तार गर्नका लागी स‌ंस्थागत साझेदारसँगै सर्वसाधारणबाट समेत थप पूँजी भित्र्याउने रणनीति रहेकाे कम्पनी व्यवस्थापनकाे भनाई छ। यती एयरमा ४९ प्रतिशत शेयर नयाँ साझेदारलाई हस्तान्तरण गर्ने प्रकृया अन्तिम चरणमा पुगेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS