IME Life New

आइएमई लाइफ लम्की शाखाद्धारा मृत्यु दाबी रकम भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ लम्की शाखाद्धारा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । लम्कीचुहा नगरपालिका– १, कुन्टिखेतका बीमित स्व. विकाश भण्डारीकी आमा दुर्गा भण्डारी र श्रिमती ममता बिष्टलाई संयुक्त रूपमा दश लाख एकहत्तर हजार रुपैयाँ प्रदान गरेको हो ।

कम्पनीका सुदुरपश्चिम स्टेड बिजनेश हेड सुमन प्रसाद तिमिल्सैना र लम्की चुहा नपा १ का वडा अध्यक्ष नेत्र प्रसाद खनाल द्वारा संयुक्त रुपमा उक्त रकम प्रदान गरेका हुन् ।

Esewa
Crest

लम्की चुहा नपा १ , कुन्टिखेत उहाँ को घरमा एक अनौपचारिक कार्यक्रम गरि रकम हस्तान्तरण गरेको हो । स्व. विकाश भण्डारीले २०७८ साल पुष ३० गते २० वर्षे पाँच लाख दश हजार बिमाङ्ग रकमको आइएमई सरल जीवन बीमा को दुई किस्ता रु। ५०१९६ र छोरा इसान भण्डारीको मिति २०७९ वैशाख ११ गते २० वर्षे तीन लाख बीमाङ्ग रकमको आईएमई बाल उज्ज्वल जीवन बीमाको दुई किस्ता २९६२९ मात्र बीमा शुल्क तिरेर आइएमई लाइफ लम्की शाखामा बीमा गरेका थिए ।

बीमा जारी भएको छोटो समयमा २०८० साल मंसिर ९ गते सडक दुघर्टना मा परि दुखद निधन भएको थियो। बीमा रकम बुझेपछि श्रीमती ममता विष्टले आइएमई लाइफलाई धन्यवाद दिइन् ।

उक्त कार्यक्रममा प्रमुख अतिथि मा लम्की चुहा न.पा वडा नम्बर १ का वडा अध्यक्ष नेत्र प्रसाद खनाल रहेका थिए । आईमईलाई लम्की शाखा प्रमुख बल बहादुर थापाद्वारा संञ्चालन गरिएको उक्त कार्यक्रममा आइएमई लाइफ इन्सोरेनस कम्पनी सुदुर पश्चिम प्रदेश बिजनेस हेड सुमन प्रसाद तिमिल्सैना, क्षेत्रिय शाखा प्रमुख तुल्सी देबकोटा , एजेन्सी मेनेजर भिम बहादुर शाही, एजेन्सी मेनेजर मिना बिष्ट , एजेन्सी ममता बिष्ट, पत्रकार गणेश रावल र थुप्रै स्थानियहरुको उपस्थिति थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS