IME Life New

आइएमई लाइफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स अवार्ड, २०२२ सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शनिवार होटेल “द सोल्टि”मा एक भव्य समारोह बीच आइएमई लाइफ विजनेश एक्सिलेन्स अवार्ड, २०२२’ सम्पन्न भएको छ । कम्पनीमा आवद्ध भई उच्च सम्मान र उर्जाका साथ काम गर्नकालागि सबै उपस्थित अभिकर्तालाई प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा ३०० भन्दा बढि अभिकर्ताको सक्रिय उपस्थिती थियो ।

Esewa
Crest

अवार्ड वितरण कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, ग्रुपका प्रबन्ध निर्देशक एवं नेपाल उद्योग परिसंघ (सीएनआई)का उपाध्यक्ष हेमराज ढकाल लगायत कम्पनीका संचालक समितिका अध्यक्ष र अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै आइएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्षले बीमा क्षेत्रमा अवसरै अवसर भएको चर्चा गर्दै मुलुकको आर्थिक विकासमा बीमाको माध्यमबाट महत्वपूर्ण योगदान पुर्याउन सकिने बताए । कम्पनीले पाँचौ वार्षिकोत्सव भर्खरै मात्रै सम्पन्न गरेको र आइएमई ग्रुपका प्रबन्ध निर्देशक एवं नेपाल उद्योग परिसंघ (सीएनआई)का उपाध्यक्ष हेमराज ढकालले पाँच वर्षको अवधिमा कम्पनिले उत्साहजनक गति लिएको उल्लेख गर्दै प्रविधिको उपयोग गर्दै सेवा प्रवाह गर्नु पर्ने आवश्यकतामा जोड दिएका थिए । कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमामा आमजनताको पहुँच बढाई बीमा शिक्षामा जोड दिनु पर्ने बताए ।

यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले यस पेशालाई सम्मानित बनाउन र उत्कृष्टलाई पुरस्कृत गर्ने कार्यमा आइएमई लाइफ इन्श्योरेन्स कम्पनी सदैव तयार रहेको बताउँदै यस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताए । कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताए । यसैगरी आगामी समयमा कम्पनीले नयाँ प्रोडक्ट सार्वजनिक गर्ने जानकारी दिंदै डिजिटल सेवा प्रवाहलाई जोड दिइने बताए ।

आर्थिक वर्ष २०७८/७९ मा उत्कृष्ट कार्य गरेका शाखा कार्यालय, उत्कृष्ट अभिकर्ता, धेरै बीमालेख जारी गर्ने अभिकर्ता लगायतलाई अवार्ड वितरण गरिएको कम्पनीले जनाएको छ । उत्कृष्ट शाखा एवं शाखा प्रमुखलाई आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्याल, निर्देशकद्धय युगेशभक्त बादे श्रेष्ठ, उषा ढकाल लगायतर्ले अवार्ड वितरण गरेका थिए ।

उक्त कार्यक्रममा प्रमुख सञ्चालक अधिकृत दिनेश अमात्य, प्रमुख बजार अधिकृत कर्मराज पौडेल लगायतका व्यक्तिहरुले कम्पनी र कम्पनीमा अभिकर्ताका भुमिकाका बारेमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS