IME Life New

आइएमई लाइफबाट ४३ जनाले पूरा गरे एमडीआरटीको लक्ष्य, एक जना सीओटी बन्न सफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीबाट एमडीआरटीमा ४३ जना र सीओटीमा एक जनासहित ४४ जना योग्य भएका छन् । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी यस कम्पनीबाट उत्कृष्ट अभिकर्ताहरु एमडीआरटी २०२५ को सदस्य बन्न सफल भएका हुन् । बागमति प्रदेशबाट भने  एक जना कोर्ट अफ द टेबल (सीओटी) का लागी योग्य भएको कम्पनीले जनाएको छ ।

जसअनुसार कोशी प्रदेशबाट २० जना, मधेश प्रदेशबाट २ जना, बागमति प्रदेशबाट १० जना एमडीआरटी र एक जना सीओटी सहित कुल ११ जना, जण्डकी प्रदेशबाट २ जना, लुम्बिनी प्रदेशबाट ४ जना, सुदुरपश्चिमबाट ५ जना सहित २०२५ का लागि कुल ४४ जना अभिकर्ताले उक्त लक्ष्य हासिल गरेका हुन् ।

Esewa
Crest

यस सन्दर्भमा कम्पनीले सबै अभिकर्तालाई आभार व्यक्त गर्दै आगामी दिनमा पनि उत्कृष्ट कार्य सम्पादन गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS