IME Life New

आइएमई लाइफद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आफ्नो छैटौं वार्षिक उत्सवको अवसरमा ३५७ जनालाई निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ । कम्पनीको विभिन्न शाखा कार्यालयले वार्षिक उत्सवको अवसरमा अवसरमा ओम कृष्ण अस्पताल टीकापुरको सहकार्यमा जानकी ९ अमरावती कैलालीमा निः शुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो ।

उक्त स्वास्थ्य शिविरमा जानकी गाउपालिका वार्ड ९ का वडा अध्यक्ष खकेन्द्र भण्डारी , ओम कृष्ण अस्पताल टीकापुरका प्रवन्धक कृष्ण प्रसाद बजगाई , जानकी गा.पा का जनप्रतिधीनिधीहरु , स्वास्थ्य शाखाका प्रतिनिधिहरू, लायन्स क्लब टीकापुरका लायन्सहरु , महिला स्वास्थ्य स्वयं सेविकाहरू आइ ए मई लाइफ इन्स्योरेन्स कम्पनीका सुदुरपश्चिम प्रदेश प्रमुख सुमन प्रसाद तिमिल्सैना , एजेन्सी मेनेजरहरू लगायतको उपस्थिति रहेको थियो ।

Esewa
Crest

जानकी गाउँ पालिका वार्ड नः ९ का वडा अध्यक्ष खकेन्द्र भण्डारीले सुदुरपश्चिम जिल्लाको जानकी गाउँपालिकाको वडा न ९ स्थित विकट ठाउँमा पहिलो पटक अनुभवी दक्ष डाक्टरहरुको यति ठुलो टीम सहित यहाँका जनताहरुलाई निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेकोमा कम्पनीलाई धन्यवाद दिए । साथै उनले कृष्ण अस्पताल टीकापुरलाई धन्यवाद दिदै आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूमा सहयोगको अपेक्षा गरिरहने कुरा उल्लेख गरे ।

विहान १० बजे देखि साँझ ६ सम्म विरामीको चेकजाच गरिएको थियो । कार्यक्रममा डा.राधा कृष्ण मण्डलले इन्स्योरेन्स कम्पनीहरुले इन्स्योरेन्सको मात्र काम गर्छन भन्ने थियो तर आइएमई लाइफले यसरी जनताको स्वास्थ्यलाई मध्यनजर नजर गर्दै सामाजिक उत्तरदायित्व वहन गरेको देख्दा आफूलाई एकदमै खुसी लागेको बताए ।

त्यसैगरी आईएमइ लाइफको हरेक कार्यमा तथा सामाजिक सेवाको लागि आफु र आफ्नो संस्था कृष्ण अस्पताल टीकापुर सधै अग्रपंक्तिमा रहेको र उक्त शिविरमा पर्जा लिइसकेका विरामीहरूले पर्जा लिएको पाच दिन भित्र अस्पतालमै आएर निःशुल्क ओपीडी सेवा लगायतका अन्य सेवामा विशेष छुट दिने व्यवस्था रहेको समेत बताइएको छ ।

कार्यकमको समापन गर्दै प्रदेश प्रमुख तिमिल्सेनाले कम्पनी सामाजिक हितका सवै क्षेत्रमा आफ्नो उत्तरदायित्व बहन गर्दै जनताका हितका लागि विभिन्न किसिमको सेवा सुविधाहरु प्रदान गर्दै आइरहेको बताए ।

कम्पनीले आफ्नो छैठौ वाषिर्क उत्सव को अवसरमा साउन १५ गते महिला दिदीबहिनी हरुको सम्मान गर्दै हरियो चुरापोते धागो लगायतका सामाग्रीहरु वितरण गरिएको थियो। श्रावण २७ गते युवा शसक्तिकरणको लागि वित्तिय जनचेतना मुलक कार्यक्रम र भाद्र १ गते रक्त दान कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS