IME Life New

आइएमई लाइफको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । सो सम्बन्धमा ग्लोबल आइएमई क्यापीटलको रजिष्टर्ड कार्यालय, नक्साल, काठमाडौंमा आज असार २८ गते आयोजना गरिएको एक कार्यक्रममा बीमा कम्पनी र क्यापिटल बीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा बीमा कम्पनीकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबि फुयाँल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरे ।

Esewa
Crest

कम्पनीको शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य ग्लोबल आइएमई क्यापिटल मार्फत हुनेछ ।

कम्पनीले २०७४ असार २० गते नेपाल बीमा प्राधिकरण (तत्कालिन बीमा समिति) बाट जीवन बीमाको कार्य गर्ने ईजाजतपत्र गरी २०७४ साउन १ गतेदेखि बीमा व्यवसायको कार्य सञ्चालन गर्दै आएको र हाल कम्पनीको अधिकृत पुँजी रु.५०० करोड तथा जारी तथा चुक्ता पुँजी रु.४०० करोड रहेको छ ।

नेपालभर १४० वटा शाखा/उपशाखा कार्यालय रहेको छ । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि विक्री खुला गरेको आइपीओ विक्री गरी बाँडफाँड समेत गरिसकेको छ । त्यस्तै, असार २१ गतेदेखि असार २५ गतेसम्म सर्वसाधारणको लागि शेयरको निष्काशन तथा बिक्री खुल्ला भएको यस कम्पनीको सार्वजनिक निष्काशनमा सर्वसाधारण लगानीकर्ताहरुको उत्साहप्रद सहभागिता रहेको थियो ।

चालू आर्थिक वर्षको तेस्रो त्रयमाससम्म कम्पनीले रु.२ अर्ब ९८ करोड ५८ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । साथै सोही अवधिसम्ममा कम्पनीको जगेडा कोषमा रु.१ अर्ब १० करोड ५ लाख रुपैयाँ सञ्चिती रहेको छ भने जीवन बीमा कोषमा रु.६ अर्ब ७ करोड ७३ लाख रुपैयाँ रहेको एवं कम्पनीको दीर्घकालिन लगानी तथा कर्जा रकम रु.८ अर्ब ४ करोड ७१ लाख रुपैयाँ रहेको छ । तेश्रो त्रयमाससम्ममा कम्पनीको खुद नाफा रु.१८ करोड २४ लाख रुपैयाँ रहेको छ भने यस अवधिसम्म कम्पनीको वार्षिक प्रति शेयर आम्दानी रु.८ रुपैयाँ ६९ पैसा र प्रति शेयर नेटवर्थ १४३ रुपैयाँ ६७ पैसा रहेको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

75%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS