IME Life New

आइएमई लाइफको ब्ल्याक डाइमन ग्रुपले गर्यो बागमती प्रदेश एजेन्सी म्यानेजरलाई सम्मान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्सोरेन्सको ब्ल्याक डाइमन ग्रुपले बागमती प्रदेशका एजेन्सी म्यानेजर र टिम लिडर्सको क्षमता अभिवृद्धिका लागि तालिम प्रदान तथा एजेन्सी म्यानेजर र एमडीआरटी २०२५ लाई सम्मान कार्यक्रम गरेको छ।

काठमाडौंको कोटेश्वरस्थित ए वान पार्टी प्यालेसमा आयोजित कार्यक्रममा राष्ट्रियस्तरका मोटिभेसनल प्रशिक्षक सन्तोष लामाले बिजनेस ग्रोथ र आफ्नो क्षमता विकास गर्नका लागि प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा आइएमई लाइफका चिफ रिक्स अफिसर सुदीप राणाको प्रमुख आतिथ्य थियो ।

Esewa
Crest

कार्यक्रममा सहभागीलाई कम्पनीको भावी रणनीति कम्पनीको प्रगति विवरणबारे प्रकाश पारिएको थियो। विशिष्ट अतिथिहरु कम्पनीका ट्रेनिङ हेड सुनिल आचार्य, माइक्रो हेड सुनिल अधिकारी, बागमती प्रदेश हेड सीपी भट्टराईले एजेन्सी र बीमाका सम्बन्ध तथा आजको जीवन बीमितको महत्व साथमा अभिकर्ताको भविष्य विषयमा मोटिभेसनल प्रदान गरेका थिए।

आइएमई लाइफको पहिलो डबल एमडीआरटी मीना गुरुङ, सिनियर चिफ एजेन्सी म्यानेजर, सिनि

यर, एजेन्सी म्यानेजरलगायत १०५ जना भन्दा धेरैको सहभागिता थियो।

डबल एमडीआरटी, आइएमई लाइफका नेपाल टप र ब्ल्याक डाइमन ग्रुपका अध्यक्ष एवं चिफ एजेन्सी म्यानेजर नगेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS