IME Life New

आइएमई लाइफको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९।८० का लागि बम्पर लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको वैशाख १९ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब रुपैयाँको कुल ३४.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा २५ प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँबराबरको बोनस शेयर र ९.५ प्रतिशतले हुन आउने ३८ करोड रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्।

Esewa
Crest

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

यो बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ। जुन बीमा प्राधिकरणको जीवन बीमा कम्पनीहरुलाई तोकेको न्यूनतम चुक्तापुँजी हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

39%
happy

खुसी

0%
sad

दु :खी

22%
amazed

अचम्मित

39%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS