IME Life New

आइएमई लाइफको नारायणगढ शाखाद्धारा मानव सेवा आश्रमलाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडां । आइएमई लाइफ इन्स्योरेन्सको नारायणगढ शाखा कार्यालयले वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई सरसफाई गर्ने सामान सहयोग संगै खाजा खुवाउने कार्य सम्पन्न गरेको छ ।

कार्यक्रममा यशोदा ढुङ्गाना, किरण सापकोटा र सम्पूर्ण पदाधिकारीहरुको उपस्थितिमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिवस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ व्यक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा सरसफाई गर्ने सामानहरु (पोछा,सर्फ,ब्रस होल्डर,स्याम्फु,फिनेल हर्पिक,डिटोल, भाडा र कपडा धुने साबन , मन्जन,बाथरूम ब्रस र खाजा (फुर्टी,किस्कुट) लगायतका थुप्रै समानहरु सहयोग प्रदान गरेका थिए ।

Esewa
Crest

सहयोग सामान हस्तान्तरण कार्यक्रममा मानवसेवा आश्रममा रहेका बेसहारा नागरिकहरुको खानपान र व्यवस्थापनमा लाग्ने खर्चमा थप सहयोग पुग्ने गरी उक्त सामान सहयोग गरिएको कम्पनीका नारायणगढ शाखा प्रमुख किरण सापकोटाले बताए ।

शाखा प्रमुख सापकोटाले भने, हामीले फगत खर्च हुने रकम मानव सेवामा सहयोग गरेका हौं । बेसहाराको साहरा बनिरहेको आश्रमलाई सबैको साथ र सहयोग हुनुपर्ने समेत उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS