IME Life New

अमेरिकी दंगामा क्षति भएका कारले बीमा दावी भुक्तानी पाउलान ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

गेरी गस्तेलु, फक्स न्यूज । अमेरिकी सडकका किनाराहरु र सामुदायिक स्थलहरु जलेका र क्षति भएका कारहरुले भरिएका छन् । अमेरिकामा १० दिनदेखि जारी लगातारको प्रदर्शन जारी छ । नियतवश वा दुर्घटनाशव झ्यालको सिसा फुटाइएका, आगो लगाइएका, लुकिङ ग्लास फुटाइएका, रंग पोतिएका छन् ।

उद्योग संरक्षित बीमा सूचना इन्टिच्यूटका अनुसार यस प्रकारका क्षतिहरु थप बीमा पोलिसी खरिद गरेकाहरुले मात्रै लिन सक्नेछन्, जुन दुई तिहाईसँग मात्रै छ । यद्यपि एमी ब्याच कन्जुमर एडभोकेसी ग्रुप युनाईटेड पोलिसी होल्डरका कार्यकारी निर्देशक भने सवारी साधन धनीले दावी भुक्तानी अघि केही कुरामा सम्झौता गर्नुपर्ने बताउँछन् । पहिलो कुरा, कुनै पनि व्यक्ति घाइते नहुँदासम्म बीमा कम्पनीलाई क्षतिग्रस्त भनेर सूचना दिनु पर्दैन । क्षतिको विवरण लिन, प्रतिवेदन तयार पार्न भने केही समय लाग्न सक्नेछ ।

Esewa
Crest

यदि अवस्था सामान्य छ, आफैले खर्च व्यहोर्न सक्ने खालको छ भने उच्च जोखिमका लागि दावी गरिने बीमालाई गुहार्नु भन्दा आफ्नै पकेटबाट खर्च गर्नु सामान्य हुन्छ, किनकी यस्ता सामान्य दावीहरुले आगामी केही वर्ष कारको बीमा शुल्कमा बृद्धि हुन पुग्दछ । यति कुरा दिमागमा राख्नुस् कि तपाईको बीमा डिडक्टेवल होइन भने पनि सामान्य सिसा फुटेको विषयमा बीमा कम्पनीमा दावी गर्नुभयो भने, त्यसले केही वर्ष कारको बीमा शुल्क अहिलेको दावी भन्दा महंगो पर्न जानेछ ।

यदि तपाईले बीमा दावी गर्नु भयो भने तपाई भयानक प्रदर्शनमा सहभागी भएको पुष्टि हुनेछ भने बीमा कम्पनीमा तपाईले थप आवश्यक पेश गर्नुपर्ने हुनसक्नेछ । अवस्थामा पनि भर पर्नेछ, यदि तपाईको कार हिडिरहेको अवस्थामा ठक्कर लागेको छ भने यस्तो अवस्थामा बीमा दावी गर्न सक्नुहुनेछ । यदि तपाई कामको सिलसिलामा कतै सार्वजनिक स्थलमा पार्किङ गरिरहेको अवस्थामा क्षति पुगेको हो भने सो सम्बन्धमा उपयुक्त बीमा दावीका लागि आवश्यक परामर्श गर्न सक्नुहुनेछ ।  फक्सन्यूजबाट नेपालीमा भावनुवाद गरिएको सामग्री

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS