IME Life New

अभिकर्ता पेशा समाजसेवा हो : गोमा भट्टराई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

गोमा भट्टराई, एजेन्सि म्यानेजर, एशियन लाइफ इन्स्योरेन्स,

जग्गाको कारोबार र समाज सेवामा रम्दै आफ्नो दैनिकी गुर्जादै आएकी गोमा भट्टराईले आफु बीमा क्षेत्रमा आउँछु भनेर कहिल्लै सोचेको पेशा थिएन । जीवन यात्रा न हो, आफ्नो पेशालाई निरन्तरता दिँदै अगाडि बढीरहेकी गोमाको नाता पर्ने दिदिसँग भेट नै बीमा अभिकर्ताको रुपमा टर्निङ प्वाईन्ट बन्न पुग्यो ।

कामकै शिलशिलामा भेट भएकी ती दिदि कै कारणले गर्दा गोमा आज बीमा क्षेत्रमा नाम, दाम कमाउन सफल छिन् ।

Esewa
Crest

गोमासँग भेट भएकी ती दिदि बीमा कम्पनीमा बीमा अभिकर्ताको रुपमा काम गर्दिरहिछिन् । उनकै सल्लाहामा गोमाले पनि बीमा अभिकर्ताको लाईसेन्स लिईन । बीमा अभिकर्ता पेशामा लाग्नु पूर्व आफु बीमा बारे जानकार नरहेको गोमाले बताईन् । “म बीमा बारे खासै जानकार थिईन । कामको शिलशिलामा मेरो दुर्गा दिदिसँग भेट भएको थियो, दिदिकै मार्फत म यो क्षेत्रमा जोडिने मौका मिल्यो” गोमाले बताईन् ।

गोमाले बीमा अभिकर्ता पेशा अगाँलेको तीन वर्ष भयो । अभिकर्ताको पेशाको यात्रा सन नेपाल लाइफबाट शुरु गरेकी गोमा हाल एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा एजेन्सी म्यानेजरका रुपमा कार्यरत छिन् । सन नेपाल लाइफमा करिब एक वर्ष काम गरेपछि भने गोमा एशियन लाइफमा जोडिन पुगिन् । गोमा भन्छिन्, “अभिकर्ता पेशा समाजसेवा पेशा हो, आफु समाजसेवा नै गर्ने भएकाले अहिले मलाई यो पेशा सहज भएको छ ।”

एउटा बीमा अभिकर्तामा धेरै गुणहरु हुनुपर्ने उनको तर्क छ । सरल स्वभाव, धर्यता, नरिसाउने बानी जस्ता गुणहरु अभिकर्तामा हुनुपर्ने गुण हो । गोमाले शुरुका दिनहरुमा बीमा बुझाउन गाह्रो भएको अनुभव साटिन् । तर अहिले आफुले पनि पूर्ण रुपमा बीमा बुझेर होला बीमा बुझाउन खासै गाह्रो नपर्ने आत्मविश्वासले भरिएको अनुभव छ उनको ।

‘बीमा अभिकर्ता बीमा कम्पनी र बीमितको बीचमा मध्यस्थकर्ताको रुपमा रहेर काम गर्ने व्यक्ति हो’ सोझो बुझाई भएकी गोमा बताउँछिन् । उनी बीमा अभिकर्ता पेशालाई सामाजिक सेवाको रुपमा लिन्छिन । उनले समाज सेवासँगै बीमा अभिकर्ता पेशालाई अघि बढाउँदा घाटा नभएको उनको अनुभव छ । अभिकर्ता गोमा भन्दछिन्, ‘बीमाको फाइदा भनेको नै जोखिमको रक्षावरण हो ।’ बीमा गर्नु भयो भने, तपाईको आम्दानीको रकम बचत हुन्छ, आवश्यक परेको बेलामा कर्जा निकाल्न सकिन्छ, ‘साथै दुर्घटना पर्दा वा दिनदशा लाग्दा जोखिम कभर गर्छ,’ यीनै कुराहरुलाई समेटेर बीमितलाई बीमा बुझाउने गरेको गोमाले बताईन् ।

बीमा अभिकर्ता पेशा एक सामाजिक पेशा हो उनले भनिन् । यो पेशामा लाग्नु पूर्व नै एक सामाजिक कार्यकर्ता रहेकी गोमा भन्छिन्, त्यसैले गर्दा पनि मलाई यो पेशा अन्य पेशा भन्दा सहज लाग्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS