IME Life New

अब फुडमान्डुमा ५ सयभन्दा कममा पनि फुड अर्डर गर्न मिल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको पहिलो तथा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमान्डुले ५ सयको न्यूनतम अर्डर रकमको नीति हटाएको छ। यसका साथै फुडमान्डुले छोटो दूरीमा हुने फुड डेलिभरी शुल्क पनि घटाएको छ।

अब ग्राहकले ५ सयभन्दा कमको पनि अर्डर गर्न सक्नेछन् र यस्ता अर्डरमा मात्र ५० को न्युनतम शुल्क लाग्नेछ। ग्राहकको सुझावलाई मध्यनजर गर्दै फुडमान्डुले सो नीति परिवर्तन गरेको हो।

Esewa
Crest

अब ग्राहकले जतिसुकै रकमको अर्डर गर्न सक्नेछन्।यसका साथै फूडमान्डुले आफ्नो डेलिभरी शुल्कको नीतिमा पनि परिवर्तन गरेको छ। जसले गर्दा छोटो दूरीबाट अर्डर गर्ने ग्राहकलाई फाइदा पुग्नेछ। हालसम्म उपभोक्ताले छोटो दूरीको डेलिभरीका लागि पनि रु ५० को न्यूनतम डेलिभरी शुल्क तिर्नुपर्ने थियो।

परिवर्तित नीतिअनुसार अब १.५ किलोमिटरसम्मको दूरीका लागि रु २५ र सोभन्दा माथिको दूरीका लागि थप रु २५ प्रतिकिलोमिटर तिर्नुपर्ने हुन्छ। यद्यपि, रु १ हजारभन्दा बढीको अर्डरका लागि भने जतिसुकै लामो दूरीमा पनि बढीमा रु। ७५ डेलिभरी शुल्क तोकिएको छ।

नयाँ नीतिबारे बोल्दै फुडमान्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने, ‘रु ५०० को न्यूनतम अर्डर गर्नुपर्ने बाध्यतालाई हामीले सदाका लागि हटाएका छौँ। साथै हामीले हाम्रो डेलिभरी शुल्कमा पनि ग्राहकलाई फाइदा हुनेगरी केही हेरफेर गरेका छौँ। आजसम्म हामीलाई साथ दिनुहुने र माया गर्नुहुने उपभोक्ताको सुझाव र प्रतिक्रियालाई प्राथमिकतामा राख्दै हामीले यो कदम चालेको छौँ। हामीलाई आशा छ कि हाम्रो यो निर्णयले हाम्रा उपभोक्तालाई अझै राम्रो सेवा प्रदान गर्नेछ।’

सन् २०१० देखि सञ्चालनमा आएको फुडमाण्डु नेपालको पहिलो फुड डेलिभरी कम्पनी हो। फुडमाण्डले हालसम्म ४ लाखभन्दा बढी ग्राहकलाई ८०० भन्दा बढी रेस्टुरेन्टमार्फत काठमाण्डौ उपत्यका र पोखरामा आफ्नो सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS