IME Life New

अनुमति बिना बीमा र सुरक्षण शब्दको प्रयोग गरेमा विगोको तेब्बर जरिवाना र १० बर्ष कैद

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं: अब देखि कुनै पनि निकायले बीमा वा सुरक्षण शब्दको प्रयोग बीमा जस्ता कार्यक्रम वा व्यवसाय गर्न नपाईने भएको छ । यस्तो शब्दको प्रयोग गरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा व्यवसाय गरेमा विगो सहित अधिकत्तम १० बर्षसम्मको जेल सजाय हुनेछ । अर्थमन्त्रालयले संसदमा प्रस्तुत गरेको बीमा विद्येयकमा यस्तो व्यवस्था गरिएको छ ।

बीमा भनेको जोखिम हस्तान्तरण हो । जसमा बिमित र बिमक दुई वटा पक्ष हुन्छन् । बीमा प्रक्रियामा पुर्नर्बीमा अर्को महत्वपूर्ण पक्ष हो । तर, हाल सरकार देखि लिएर अन्य निकायहरुले सुरक्षण तथा कोष जस्ता शब्दको प्रयोग गरी अप्रत्यक्ष रुपमा बीमा कार्यक्रम संचालन गर्दै आएका छन् । यस्ता निकायले संचालन गरेका बीमा व्यवसायमा पुर्नबिमाको व्यवस्था नहुने हुँदा बीमा सुरक्षित नहुने समितिको तर्क रहेको छ ।

Esewa
Crest

बीमा विद्येयकको दफा २४ गरिएको व्यवस्था अनुसार बीमा ऐन बमोजिम इजाजत पत्र नलिई कसैले पनि बीमा, पुर्नर्बीमा, बीमा कोष वा सुरक्षण जस्ता जुनसुकै शब्द प्रयोग गरी वा नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बीमा व्यवसाय सम्बन्धी कुनै पनि कारोबार, व्यवसाय, उद्योग वा व्यापार गर्न वा गराउनु हुँदैन । कसैले पनि बीमा व्यवसाय सम्बन्धी कारोबार, व्यवसाय, व्यापार वा उद्योग गर्ने वा अन्य कुनै प्रयोजनका लागि आफनो कम्पनी, फर्म वा संस्थाको नाममा, बीमा, पुर्नर्बीमा, बीमाकोष वा सुरक्षण जस्ता शब्दहरु प्रयोग गर्नु हुँदैन भन्ने व्यवस्था गरेको छ ।

त्यस्तै, विद्येयकको दफा १४३ मा गरिएको व्यवस्था अनुसार यदि कसैले इजाजपत्र नलिई काम गरेमा विगो जफत गरी विगोको तेब्बर जरिवाना र त्यस्तो व्यवसाय संचालन गर्न व्यक्तिलाई तीन बर्ष देखी दश बर्षसम्म कैद हुने व्यवस्था गरिएको छ । त्यस्तै, इजाजपत्र नलिई मध्यस्थकर्ता वा अन्य सेवा दिने काम गरेमा बिगो जफत गरी बिगो बराबरको जरिवाना वा पाँच बर्षसम्म कैद हुनेछ ।

नेपालमा हाल सहकारी, लघुवित्त संस्था, गैरसरकारी संस्थाले सुरक्षण शब्दको प्रयोग गरी बीमा कार्यक्रम सञ्चालन गर्दै आएका छन् । त्यसैगरी स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमा बोर्ड गठन गरी स्वास्थ्य बीमा कार्यक्रम संचालन गरेको छ भने नेपाल राष्ट्र बैंकले निक्षेप तथा कर्जा निगमद्धारा कर्जा तथा निक्षेपको सुरक्षण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS